☰ open Loading... 29 September 2025|  

जंगली च्याउ खाँदा आमाको मृत्यु, छोरा सिकिस्त
  | २९ श्रावण २०७६, बुधबार ०९:२१

जाजरकोटः जंगली च्याउ खाँदा जाजरकोटमा एकजनाको मृत्यु भएको छ। उपचारका लागि नेपालगन्ज लाँदै गर्दा बारेकोट गाउँपालिका-८ की ५० वर्षीया मनमाया कुमाईको सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो।

उनका १४ वर्षीय छोरा युवराज कुमाई गम्भीर विरामी भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। दुवैलाई उपचार गर्न लाँदा लाँदै आमाको बाटोमै मृत्यु भएको हो। छोरालाई भने उपचारका लागि नेपालगन्ज लगिँदैछ।