☰ open Loading... 16 September 2025|  

बाणिज्य महासंघको चुनावी अधिवेशन स्थगित गर्न ध्यानाकर्षण
  | ४ चैत्र २०७६, मंगलवार १८:०६

सुर्खेत । नेपाल उद्योग बाणिज्य महासंघको चुनावी अधिवेशन स्थगित गर्न सुर्खेत उद्योग बाणिज्यसंघले माग गरेको छ । विश्व नै कोरोना भाइरस (कोभीड–१९) बाट आक्रान्त भएर लक डाउने हुने स्थिति रहेकाले महासंघको चुनावी अधिवेशन तत्कालका लागि स्थगित गर्न माग गरेको हो ।


संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कंडलद्वारा हस्ताक्षर विज्ञप्तीमा कोरोना भाइरसले विश्व नै आक्रान्त भएकाले तत्काल महासंघलाई अधिवेशन नगर्न अनुरोध गरेको छ ।

‘देशकै नीजि क्षेत्रको अग्रणी संस्था भएकाले महासंघको चुनावी अधिवेशनको चासो र ध्यानाकृष्ट हुनु स्वभाविकै छ’ महासचिव कंडलेले भने, ‘सरकारले सार्वजनिक स्थलमा भीडभाड नगर्न तथा धेरै मानिसहरुको उपस्थिति रहने सभा सम्मेलन लगायतका कार्यक्रम नगर्न आग्रह गरिरहेका बेला अधिवेशन गर्नु उपयुक्त नहुने भएकाले रोक्न अनुरोध छ ।’

सार्वजनिक रुपमा भइरहेका टिकाटिप्पणि र आलोचनाहरुले स्वयं महासंघकै साख एवम् गरिमामा आँच पु¥याउने वास्तविकतालाई मध्यनजर गर्दै चुनावी अधिवेशन स्थगित गर्न ध्यानाकर्षणसहित अनुरोध गरिएको संघका महासचिव कंडेलले जानकारी दिए ।

महासचिव कंडेलले कोरोना भाइरसका कारण सीमा नाका बन्द भइ दैनिक उपभोग्य सामानहरुको अभाव हुने अनावश्यक भ्रम फैलाएको आपत्ती जनाए ।

व्यापारीहरुले सुर्खेतमा मास्क, सेनेटाइजर, इन्धन लगायतका दैनिक उपभोग्य बस्तुहरुको कालोबजारी गरिरहेको भन्ने हल्ला गलत भएको कंडेलको भनाई छ ।

उनले सुर्खेतस्थित सम्पूर्ण व्यापारीहरुलाई आगामी दिनमा नेपाल सरकारको कानून, संघले जारी गरेको व्यवसायिक आचारसंहिताको पूर्ण पालना गराउन अनुरोध गर्न आग्रह गरेका छन् ।