| १० चैत्र २०७६, सोमबार ११:०६
सुशील खड्का
सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिँन सार्वजनिक सवारी सञ्चालन रोक लगाइएको छ । तर सुर्खेतबाट अन्य जिल्लाहरुमा जाने अत्यावश्यक मालबहाक सवारी आवागमनमा भने रोक नलाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।
उनकाअनुसार राती १० बजेदेखि विहान ५ बजेसम्म भने माहबहाक सवारी पनि सञ्चालनमा भने रोक लगाइएको छ । एम्बुलेन्स, शवबहान, पानी, दुध लगायत अत्यावश्यक सवारी भने २४ सैं घण्टा सञ्चालनमा रोक लगाइएको छैन् ।
‘संक्रमण फैलिन नदिँन सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरौं र अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कियौं’ खड्काले भने, ‘हेलचक्राइ गरेर अनावश्यक जम्मा हुने, ग्रुपमा बस्ने कामहरु तत्कालका लागि रोकौं ।’

