☰ open Loading... 16 September 2025|  

दैलेखमा पिसिआर मेसिन जडान,दिनमा१०० भन्दा बढी परिक्षण हुने
  | ११ असार २०७७, बिहीबार ०७:४९

यामराज बिष्ट दैलेख – दिनप्रतिदिन कोरोना संक्रमितको बढ्दै जादा दैलेखमा पिसिआर मेशिन संञ्चालन गरिएकाे छ। पिसिआर मेशिनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नमराज रावतले गरेका छन् ।उद्घाटन कार्यक्रममा मन्त्री रावतले बाेल्दै दैलेखमाभयावह रुपमा दिनप्रतिदिन काेराेना संक्रमितको संख्या बढ्दै जदा यहाँ मसिनकाे अति आवश्यक भएकोले जडान गरिएको हाे।मेसिन संञ्चालन २/३महिनाकाे लागि मात्रै नभई पिसिअार मेसिन दीर्घकालीन रुपमा संञ्चालन गर्नको लागि सबैले सहयोग गर्न अाग्रह गर्दै मैले अाफ्नाे ठाउँमा सक्ने सहयोग निरन्तर रहने बताए ।

पिसिआर मेशिन सदरमुकाम नजिकै रहेको पशु अस्पतालको परिसरमा निर्माण गरिएको छ।परीक्षण बुधबार बाट स्वाब परीक्षण शुरु गरिएको छ।
मेशिन जडानपछि दिनमा सय भन्दामाथिको परीक्षण हुने प्रयाेगशालाका ईन्चार्ज शंकर शाहीले बताए ।


दैलेख निर्वाचन क्षेत्र नंम्बर १ को क्षेत्र पुर्वाधार विकास कोषको १ करोड ६ लाख रुपैयाँ लागतमा मेशिन दैलेख ल्याईएको क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माले बताए।दिनप्रतिदिन दैलेखमा कोरोनाको संक्रमितको संख्या बढ्दै गएकाले दैलेख जिल्लामा भयावह हुन लाग्यो र जनताको स्वास्थ्यको ख्याल राख्दै मेशिन ल्याइएको शर्माले बताए ।