☰ open Loading... 5 November 2025|  

गायक सन्तोष केसीकाे तिहारमा देउसी र भैलो बजारमा ( भिडियो सहित )
  | १४ कार्तिक २०७७, शुक्रबार १७:२४

 



लाेकेन्द्र जिसि (कुमार) दैलेख-नेपाली गित संगीत क्षेत्रमा लामाे समय देखि संघर्ष गर्दै आएका युवा गायक तथा सर्जक सन्तोष केसी पछिल्लो समय नेपाली गित संगीत जगतमा निकै व्यस्त गायकको रुपमा हामीले देख्न सक्छौ। सानैदेखि गीतसंगित भन्न बितिकै असाध्यै माया गर्ने गायक केसिका लय शब्द स्वरमा थुप्रै गीतहरु बजारमा आईसकेका छन् ।

यस्तै एक पछि अर्को गीत बजारमा आउने क्रममा गायक तथा सर्जक सन्तोष केसीको लय तथा शब्द सिर्जनामा यसपाली तिहारको देउसी भैलो गित बजारमा सार्बजनिक भएको छ।लाेकप्रिय गायिका राधिका हमाल र सन्ताेष केसिकाे स्वरमा रहेको देउसी भैलाे गीतमा भिडियो निर्देशन काजीश श्रेष्ठको रहेको छ। दिपक गिरीको छायांकन तयार पारिएको गीतमा अमृत चापागाई को भिडियो सम्पादन रहेको छ। उक्त गीतमा रमेश केसी र संचिता शाहीलाई अभिनयमा देख्न सकिन्छ भने गित सन्तोष केसीकाे आफ्नै युटुब च्यानल मार्फत बजारमा आएकाे हाे ।