☰ open Loading... 5 November 2025|  

ढुङ्गा प्रहार गरी एकजना युवकको हत्या
  | १५ मंसिर २०७७, सोमबार १०:२२

सल्यान : एक युवकले सल्यानमा ढुङ्गा प्रहार गरी एकजनाको हत्या गरेका छन्। बन्गाड कुपिण्डे नगरपालिका–५ राउचेका २८ वर्षीय शेरबहादुर साहुले सोही ठाउँका ६६ वर्षीय दुर्गाबहादुर बादीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आइतबार बेलुका ७ बजे नाथेखोलाबाट घर फर्कने क्रममा भारचौर खोलामा बादीलाई पछाडिबाट ढुङ्गाले हानेर हत्या गरेको प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए। घटना बेलुका ७ बजेको भएकाे हाे। हत्या गर्ने युवकको मानसिक सन्तुलन ठिक नभएको पाइएको थापाले बताए।