☰ open Loading... 29 September 2025|  

क्यान्सर पिडित बालकलाई कोरियाबाट आर्थिक सहयोग
  | १७ पुष २०७७, शुक्रबार १८:४३

दैलेख- बैदेशिक रोजगारिको सिलसिलामा कोरीयामा कार्यरत नेपालीले क्यान्सर पिडित बच्चाको उपचारको लागि आर्थिक सहयोग गरेका छन । नारायण नगरपालिका बडा न १० का बलड क्यान्सर पिडित ३ बर्षिया बालक चेतन बोगटीलाई स्थानिय समाजसेवी गणेश बहादुर बोगटिको समन्वयमा कोरियामा बैदेशिक रोजगारिमा रहेका नेपालीले आर्थिक सहयोग जुटायपछि नेपालि काँग्रेस दैलेखका पार्टि सभापती कृण्ण कुमार बि।सीले सहयोग हस्तान्त्रण गरेका हुन ।

क्यान्सर पिडित बच्चालाई आर्थिक अभाब भएको थाहा पाएपछि उनले सहयोगका लागि कोरियामा बैदेशिक रोजगारिमा रहेका उनका छोरा प्रेम बोगटि मार्फत सहयोगका लागि समन्वय गरे । त्याहा रहेका नेपालिले ६४००० नेपाली रुपैया संकलन गरिपठाएको समाजसेवी गणेश बहादुर बोगटिले बताए ।

देशका बिभिन्न क्षेत्रबाट कोरियामा रोजगारिमा रहेका नेपालिले आर्थिक सहयोग गरेका कोरियाम रहेका प्रेम वोगटिले जानकारि दिएका छन । बलड क्यान्सर पिडित बालकको सहयोगका लागि कोरियामा बैदेशिक रोजगारिमा रहेका प्रेम बहादुर बोगटि दैलेख, सरोज रोक्का सर्लाहि, बिर्ख राना कालिकोट, दिनेश भट्टराई ओखलढुंगा, सुरेन लिम्बु पांचथर, नबराज तामाङ्ग सिन्धुपालचोक, सजन बस्नेत दोलखा, आनन्द लामा हेटौडा, किरनदेब राजबंशि झापा, राजु न्यौपाने पोखरा, लक्ष्मण न्यौपाने पोखरा, तिर्थ बोगटि दैलेख, शेर बहादुर बोगटि दैलेख, प्रेम शाहि दैलेख, नबिन पराजुलि काठमान्डौ, नरेन्द्र बस्नेत दैलेख, दिपेन्द्र बस्नेत दैलेख, बखत थापा दैलेख, एरिजो गौतम सिन्धुलि, सन्तोस काप्री, काभ्रे, उपेन्द्र बिक्रम कटुवाल दैलेख , मिलन शर्मा सुर्खेत, बिकाश बिक्रम बुढा सुर्खेत, सन्त बहादुर रावत दैलेख, चन्द्र बहादुर बोगटि दैलेख, प्रकाश बस्नेत सुर्खेत, अबिरल कटुवाल दैलेख सुवास तामाङ्ग दाङ्ग, र अर्जुन आचार्य दोलखा बाट ६४००० रुपैया संकलन गरि आर्थिक सहयोग गरेका प्रेम बोगटीले जानकारि दिए ।