☰ open Loading... 4 November 2025|  

१९ बालबालिका बेपत्ता
  | ४ माघ २०७७, आईतवार १०:३८

जुम्ला-जुम्लामा२०७७ साउन देखि अहिलेसम्म जुम्लाबाट हराएका १९ बालबालिका अझै भेटिएका छैनन्‌।जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका अनुसार जिल्लाका १९ बालबालिका हराइरहेका छन्‌।
सेवा केन्द्रमा घरेलु हिंसाका १८ र सामाजिक हिंसाका १९ वटा उजुरी परेका छन्‌। सेवा केन्द्रसहित जिल्ला प्रहरी कार्यालय जुम्लाको मुद्दा शाखामा २०७७ साउनदेखि अहिलेसम्म १ सय ९ वटा मुद्दा दर्ता भएका छन ।