☰ open Loading... 15 September 2025|  

एकल पुरूषलाई पनि मासिक भत्ता
  | २१ माघ २०७७, बुधबार १४:२८

दैलेख : डुंगेश्वर गाउँपालिकाले एकल पुरुषलाई मासिक ५०० रुपैयाँ भत्ता दिने निर्णय गरेको छ। गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई यही माघदेखि भत्ता दिने निर्णय गरेको हो।

गाउँपालिकाकाले आर्थिक वर्ष २०७६÷७७ मा कार्यविधि निर्माण गरी वजेट बिनियोजन गरेको डुवेश्वर
गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए।

यस्तै, विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए। तर, महिलाको उमेर हदबारे भने छलफल भैरहेको उनको भनाइ छ।