☰ open Loading... 28 September 2025|  

सल्यानमा पाठेघर खसेका २८ महिलाको निःशुल्क शल्यक्रिया
  | ७ चैत्र २०७७, शनिबार १९:१८

सल्यान – सल्यानमा पाठेघर समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानले सञ्चालन गरेको निःशुल्क पाठेघर चेकजाँज तथा शल्यक्रिया शिविरमा २८ जना महिलाको निःशुल्क पाठेघरको शल्यक्रिया सेवा लिएका छन्। शिविरमा एकसय ६० बढी महिलाले स्वास्थ्य जाँच गराएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।