☰ open Loading... 6 November 2025|  

सरकारले लियो जसपाका १२० जनाको मुद्दा फिर्ता
  | १५ बैशाख २०७८, बुधबार २०:४७

काठमाडौं – सरकारले जनता समाजवादी पार्टीका एक सय २० नेता कार्यकर्ताका १५ मुद्दा फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

प्रवक्ता गुरुङले भने, नेपाल सरकार वादी भइ मुद्दा चलेका व्यक्तिका फौजदारी मुद्दा फिर्ता लिने सन्दर्भमा फौजदारी निर्देशिका बमोजिम १२० जनाका १५ मुद्दामा फिर्ता लिएको छ । नाम वेबसाइटमा राखिन्छ ।