☰ open Loading... 22 November 2025|  

दैलेखमा मंगलबार राति देखि निषेधाज्ञा
  | २० बैशाख २०७८, सोमबार ०६:०९

लोकेन्द्र जिसि (कुमार ) दैलेख – दैलेखमा मंगलबार राति १२ बजेदेखि सात दिन निषेधाज्ञा गरिने भएको छ।

वैशाख २१ गते मंगलबार राति १२ बजे देखि वैशाख २८ गते मंगलबार सम्म दैलेखमा निषेधाज्ञा जारी गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

कोरोना महामारी दिन प्रतिदिन बढ्दै गए पछि कोरोना संकट व्यवस्थापन समिति दैलेखको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

नागरिकले पनि स्वास्थ्य मापदण्डको पालना खासै नगरेकाले कोरोनाको महामारी थप फैलन नदिन अन्तिम विकल्पका रूपमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ।