☰ open Loading... 5 November 2025|  

अब केपी ओलीलाई कारबाही गर्नुपर्छ : पार्वती विशुंखे
  | ७ श्रावण २०७८, बिहीबार ०७:४७

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन्।

तर ओलीले स्पष्टीकरण सोध्नुको ठोस कारण खुलाएका छैनन्। स्पष्टीकरण पत्र बुझेकी प्रतिनिधिसभा सदस्य पार्वती विशुंखे भने अध्यक्ष ओली नै कारबाहीयोग्य बन्दै गएको बताउँछिन्।

पार्टी दलको बैठक नराखी संसद विघटनको निर्णय गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी मुलुकमा संवैधानिक संकट निम्त्याउने काम केपी ओलीबाट भएको छ,’ उनी भन्छिन्, ‘कारबाही त केपी ओलीलाई पो गर्नुपर्छ अब।’ अध्यक्ष ओलीले पार्टी विधान समेत पालना नगरी अवैधानिक गतिविधि गरेको उनको भनाइ छ।
संविधानको धारा ७६९५० ले दिएको अधिकार प्रयोग गरी स्वविवेकीय अधिकार प्रयोग गरी आफूले संविधान र संसद बचाएको विशुंखेले बताइन्। स्पष्टीकरण पत्रबारे पनि नेताहरु बीच छलफल भइरहेको उनले बताइन्।