☰ open Loading... 28 September 2025|  

युवासंघ नेपाल आग्रिगाउँको अध्यक्षमा बुढाक्षेत्री निर्वाचित
  | १० मंसिर २०७३, शुक्रबार १८:३६

सुर्खेतको पूर्वी क्षेत्रमा रहेको आग्रिगाउँमा युवासंघ नेपालको गाउँ कमिटी गठन गरिएको छ । आग्रिगाउ गाउँ कमिटिको अधिबेशनबाट अमृत बुढा क्षेत्रीको अध्यक्षतामा १९ सदस्यिय गाउँ कमिटि गठन गरिएको हो ।

amrit
युवा संघ नेपाल अाग्रिगाउँकाे अध्यक्षमा निर्वाचित अमृत बुढाक्षेत्री ।

कमिटीको उपाध्यक्षमा रुपलाल महतारा, सचिबमा सन्तोष सिं, सह–सचिबमा बिनोद हमाल र कोषाध्यक्षमा जितबहादुर सिं निर्बाचित भएको प्रचार बिभाग प्रमुख नन्दराम खनालले जानकारी दिएका छन् ।

युवासंघ नेपाल सुर्खेतका अध्यक्ष खिमलाल देबकोटाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष कमल बिसी, सहसचिव राजेन्द्र सिं, प्रचार बिभाग प्रमुख नन्दराम खनाल, जिल्ला कमिटि सदस्य सुरज थापा, छबि डांगी, कमल कठायत, अनेरास्वबियु मप बिश्वबिद्यालयका अध्यक्ष गगनसिं लगायको उपस्थिति थियो ।