☰ open Loading... 15 September 2025|  

पार्टी त्याग गर्दा मेयर पद गुम्यो !
पश्चिम नेपाल   | १ कार्तिक २०८०, बुधबार ०८:४४

नेकपा (एमाले) पार्टी त्याग गरेकी रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको पद गुमेको छ।

साह २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन्।

उनी एमाले छाडेर प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी प्रवेश गरेको भन्दै एमालेले दल त्यागको जानकारी निर्वाचन आयोगलाई गराएको थियो।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको सूचना आयोगले निकालेको छ।