☰ open Loading... 6 November 2025|  

भूकम्प पीडितका लागि ५ सय ३५ टहरा निर्माण
पश्चिम नेपाल   | २३ मंसिर २०८०, शनिबार १०:०९

भूकम्पपीडितका लागि अहिलेसम्म ५३५ वटा अस्थायी टहरा निर्माण भएका छन्। विभिन्न राजनीतिक दल र सामाजिक संघसंस्थाले यी टहरा निर्माण गरेका हुन्।

सरकारले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रकम निकासामा ढिलो गर्दा पीडित स्वयंले बनाउन सकेका छैनन्। केही स्थानीय तहमा भर्खरै बजेट पुगेको छ। केहीमा अझैै पुग्न बाँकी छ। पहिलो किस्ताको रकम पाएका स्थानीय तहले पनि पीडितकोे हातसम्म पु¥याउन सकेका छैन्।