☰ open Loading... 7 November 2025|  

नेपाल व्याप्त भ्रष्टाचार हुने देशको सूचिमा
पश्चिम नेपाल   | १६ माघ २०८०, मंगलवार १३:२०

नेपाल व्याप्त भ्रष्टाचार हुने देशको सूचिमै देखिएकाे छ। नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको देखिएकाे छ। विश्वका देशमध्ये नेपालले ३५ अंक प्राप्त गरी १०८ ओं स्थानमा रहेकाे छ। याे गत वर्ष भन्दा १ नम्बर मात्रै बढी हाे।

ट्रान्परेन्सी इन्टरनेशनल नेपालले हरेक वर्ष जस्तै यस वर्ष पनि भ्रष्टाचार अवधारणा सूचंकाकमा भ्रष्टाचारमा सुधार नभएकाे देखिएकाे हाे। टीआइले आज सार्वजनिक गरेकाे तथ्यांकमा नेपाल सन् २०२२ काे तुलनामा थाेरै सुधार देखिए पनि भ्रष्टाचार व्याप्त मुलुककाे सूचिमा रहेकाे छ।

देशमा सुशासन बढाउने, नीतिगत निर्णयलाई कानुनी दायरामा ल्याउनुपर्ने टीआइकी अध्यक्ष पद्मिनी प्रधानांगले बताएकी छिन्।