☰ open Loading... 4 November 2025|  

कास्कीमा बिहानै भूकम्पको धक्का
पश्चिम नेपाल   | २७ फाल्गुन २०८१, मंगलवार १०:४९

कास्की तथा आसपासका क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।

केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले गरेको क्षतिबारे यकिन भइसकेको छैन।