☰ open Loading... 28 September 2025|  

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
पश्चिम नेपाल   | १५ जेष्ठ २०८२, बिहीबार २१:२८

कास्कीको मर्दी खोलाको ड्याममा पौडी खेल्नेक्रममा दुई बालकको मृत्यु भएको छ । पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बिहिबार दिउँसो पौने २ बजे डुबेर बेपत्ता भएका दुई बालक मृत भेटिएका हुन् ।

मृत्यु हुनेमा माछापुछ्रे गाउँपालिका–६ का १४ वर्षिय विशाल परियार र १३ वर्षिय विवश परियार रहेको सशस्त्र प्रहरीका नायव उपरीक्षक एव सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी नीरिक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले बालकहरुको शव करीव २० फिट गहिराईबाट बाहिर निकालेको उनले बताए ।