☰ open Loading... 5 November 2025|  

कोशीका चार जिल्लामा भारी वर्षा
पश्चिम नेपाल   | १७ जेष्ठ २०८२, शनिबार ११:१९

बाढी पूर्वानुमान महाशाखाले अहिले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा भारी वर्षा भइरहेको बताएको छ।

महाशाखाले एक सूचना जारी गर्दै इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जनाएको हो। यसैगरी यस क्षेत्रका नदी तथा खोला वरपरका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

महाशाखाले सूचनामा भनेको छ, ‘हाल इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुने, मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्छ, दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।’