
देशभर चिसो बढ्दै, धेरै ठाउँको मौसम बद्ली
प्रकाशित मितिः १० कार्तिक २०७८, बुधबार ०६:०६
काठमाण्डौ -- देशभर चिसो बढ्न थालेको छ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ ।
अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाण्डौसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर, बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।
हिजो भन्दा आज काठमाण्डौ न्यूनतम तापक्रम झण्डै १ डिग