
शक्ति प्रदर्शनका तीन निशाना : अदालत, आयोग र ओली
प्रकाशित मितिः शुक्रबार, माघ ९, २०७७
|
काठमाडौं । संसद् विघटनविरूद्ध शुक्रबार राजधानीमा गरिएको शक्ति प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएपछि नेकपा प्रचण्ड–माधव समूहका नेताहरु उत्साहित बनेका छन् ।प्रदर्शनमा देखिएको जनसहभागिताबाट यो समूहका नेताहरु सन्तुष्ट देखिन्छन् । सडकमा नउत्रिएको पार्टीपंक्तिमा पनि यो प्रदर्शनले उत्साह थपेको नेताहरुको समीक्षा छ ।केपी ओलीले चालेको कदम नसच्चिए जनआन्दोलन चर्कन सक्ने आजको प्रदर्शनबाट सन्देश गएको स्थायी