☰ open Loading... 24 June 2025|  

Author: Paschim Nepal

सालको काठसहित एक पक्राउ

सालको काठसहित एक पक्राउ

    प्रकाशित मितिः ७ आश्विन २०७८, बिहीबार ०९:५७
सुर्खेत ।डिभिजन बन कार्यालय भेरीले ४४ थान सालको चिरान काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वन कार्यालयका प्रमुख ललित कर्णका अनुसार हिजो राती साढे दश बजे पञ्चपुरी नगरपालिकाको वडा नं. ६ बाबियाचौरमा सोही पालिका वडा नं. दुइ का शंकर नेपालीलाई काठ सहित नियन्त्रणमा लिइएको हा । तस्करीका लागि भनेर राती ल्याईदै गरेको काठ कर्णाली प्रदेश ००२–००१०० त ९४ नम्बरको टयाक्टरमा ल्याइएको थियो । नेपाली र ट्याक्टर दु
अवरुद्ध सडकहरू तत्काल खुलाउन यातायात व्यवसायीको माग

अवरुद्ध सडकहरू तत्काल खुलाउन यातायात व्यवसायीको माग

    प्रकाशित मितिः ७ आश्विन २०७८, बिहीबार ०८:३४
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडकहरू तत्काल खुलाउन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पुर्याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गर्नुभएको हो । “चाडपर्व मनाउन काठ
औषधि पसलका सञ्चालक पक्राउ

औषधि पसलका सञ्चालक पक्राउ

    प्रकाशित मितिः ७ आश्विन २०७८, बिहीबार ०५:४३
दाङ । अवैध लागुऔषध बिक्री वितरण गरेको भन्दै तुलसीपुरबाट प्रहरीले एक औषधि पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आउनुभएकी ४० वर्षीय तिलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। सुनारले अवैध लागुऔषध बिक्रीवितरण
विद्यालय भवन जिर्ण हुँदा खुला चौरमा पठनपाठन गर्न बाध्य

विद्यालय भवन जिर्ण हुँदा खुला चौरमा पठनपाठन गर्न बाध्य

    प्रकाशित मितिः ७ आश्विन २०७८, बिहीबार ०५:४०
जाजरकोट -२१ वर्ष पहिले सर्वसाधारणको श्रमदानबाट निर्माण भएको भेरी नगरपालिका५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन जीर्ण भएको छ। विद्यालयको भवन जिर्ण हुँदा खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । राजनीतिक खिचातानीका कारण विद्यालयको अवस्था नाजुक भएको स्थानीयवासीको पीडा छ। पाँचजना शिक्षक रहेको विद्यालयमा १५० जनाभन्दा बढी विद्यार्थी छन्। वर्षायाममा भवन भत्कने डरले खुला चौरमा पढनपाठन
गाडी चढ्नै डर

गाडी चढ्नै डर

    प्रकाशित मितिः ७ आश्विन २०७८, बिहीबार ०५:३१
सल्यान — वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरू क्षतविक्षत भएपछि यात्रुहरू गाडी चढ्नै डराउन थालेका छन् । वर्षाका कारण ठाउँठाउँमा पहिरो र हिलाम्मे सडक हुँदा यात्रा जोखिमपूर्ण बनेको हो । हिलाम्मे बनेको सल्ली–चौरजहारी सडकमा फसेको बसलाई डोरी लगाई तान्दै यात्रु। तस्बिर : विप्लव/कान्तिपुर कालीमाटी– दम्दबाली सडकखण्डको झन्डै २० ठाउँमा पहिरो खसेको कालिमाटी गाउँपालिका–५ का नोखिराम
७६ किलोमिटर सडकको नयाँ ट्र्याक निर्माण

७६ किलोमिटर सडकको नयाँ ट्र्याक निर्माण

    प्रकाशित मितिः ७ आश्विन २०७८, बिहीबार ०५:२५
  जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्लाको भौतिक प्रगति ९४ प्रतिशत भएको छ । गत आर्थिक २०७७÷०७८ मा कोरोना कहर, निर्माण व्यवसायीको ढिलासुस्तीका बीच पनि कार्यालयको सक्रियताले पूर्वाधार विकासमा उल्लेख्य रुपमा ९४ प्रतिशत भौतिक प्रगति भएको हो । जिल्लाका सबै विकासे कार्यालयभन्दा पूर्वाधार कार्यालयको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक भएको पाइएको छ । भौतिक प्रगतितर्फ गत आवमा मात्रै पूर्वाधार
थपिए १३ सय ३० संक्रमित

थपिए १३ सय ३० संक्रमित

    प्रकाशित मितिः ७ आश्विन २०७८, बिहीबार ०५:२०
काठमाडौं, । नेपालमा मंगलबार थप १३ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ ।१३ हजार ६ सय २२ जनामा गरिएको परीक्षणबाट करिब ९.७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार काठमाडौंमा २ सय ६१ , ललितपुरका ९८ र भक्तपुरका ४३ जना गरी उपत्यकामा ४ सय २ जनामा संक्रमण देखिएको छ । उपत्यकापछि झापा, मोरङ्, सुनसरी, चितवन, कास्की र रुपन्देही जिल्लामा बढी संक्रमित भेटिए
वडा कार्यालयमा आगजनी

वडा कार्यालयमा आगजनी

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार १६:०८
सुर्खेत- एक युवकले पेट्रोल छर्केर वडा कार्यालयमा आगो लगाएका छन् । वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान युुवकले आगजनी गरेका हुन् । प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् ।आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ। कार्यालयको झ्याल फोडेर पेट
बस दुर्घटना हुँदा १२ जना घाइते

बस दुर्घटना हुँदा १२ जना घाइते

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार १५:४२
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटना हुदा १२ जना घाईते भएका छन ।बुधबार बिहान साढे १० बजेतीरको समयमा बस दुर्घटनामा परेको हो । सिम्ता गाउँपालिकाको देउली बजारबाट जामुने आउँलै गर्दा बे्रक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस सडकबाट करिब १५ मिटर तल खसेको थियो ।बसमा सवार २४ जना यात्रु मध्य १२ जना घाइते भएका
कर्णालीको सत्ती पुलमा २ हप्ता आवागमन बन्द हुने

कर्णालीको सत्ती पुलमा २ हप्ता आवागमन बन्द हुने

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार ११:१६
कर्णाली,  । हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ । पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै पुलको मर्मत गर्दा आवागमन नहुने बताएको छ । मङ्गलबारदेखि मर्मत सुरु गरी यही असोज २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हुनाले सो अवध