☰ open Loading... 25 June 2025|  

Author: Paschim Nepal

बस दुर्घटना हुँदा १२ जना घाइते

बस दुर्घटना हुँदा १२ जना घाइते

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार १५:४२
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटना हुदा १२ जना घाईते भएका छन ।बुधबार बिहान साढे १० बजेतीरको समयमा बस दुर्घटनामा परेको हो । सिम्ता गाउँपालिकाको देउली बजारबाट जामुने आउँलै गर्दा बे्रक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस सडकबाट करिब १५ मिटर तल खसेको थियो ।बसमा सवार २४ जना यात्रु मध्य १२ जना घाइते भएका
कर्णालीको सत्ती पुलमा २ हप्ता आवागमन बन्द हुने

कर्णालीको सत्ती पुलमा २ हप्ता आवागमन बन्द हुने

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार ११:१६
कर्णाली,  । हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ । पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै पुलको मर्मत गर्दा आवागमन नहुने बताएको छ । मङ्गलबारदेखि मर्मत सुरु गरी यही असोज २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हुनाले सो अवध
बाढीले दुई घर पुरिए

बाढीले दुई घर पुरिए

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार ११:११
बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन्।   बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए।   बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी
परराष्ट्रमन्त्रीमा खड्का नियुक्त

परराष्ट्रमन्त्रीमा खड्का नियुक्त

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार ११:०४
काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् ।खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’ राष्ट्रपति कार्यालयले
सुर्खेत र डोल्पामा अझैँ हुन सकेन कांग्रेसको वडा अधिवेशन

सुर्खेत र डोल्पामा अझैँ हुन सकेन कांग्रेसको वडा अधिवेशन

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार ०६:००
क्रियाशील सदस्य विवादले नेपाली कांग्रेसका वडा अधिवेशन प्रभावित भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत यतिबेला वडा अधिवेशनहरू गर्ने कार्यतालिका थियो । तर, कर्णालीका दुई जिल्लामा क्रियाशील सदस्य विवादले अझै अधिवेशनको टुङ्गो नलागेको हो । सुर्खेत र डोल्पामा वडा अधिवेशन अन्योल भएको छ । १८ भदौदेखि सुरू भएका वडा अधिवेशन क्रियाशील सदस्यताको विवाद नमिल्दा यी जिल्लामा ५ असोजमा दोस्रो चरणको मिति तोकि
परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार ०५:४९
  काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि सकेसम्म बुधबार नभए बिहीबार परराष्ट्रमन्त्री नियुक्त ह
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार ०५:१४
काठमाडौं । सरकारले अघिल्लो सरकारले नियुक्त गरेको सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । ‘मन्त्रिपरिषद्ले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदू
सडक हिलाम्मे हुँदा आवतजावतमा सास्ती

सडक हिलाम्मे हुँदा आवतजावतमा सास्ती

    प्रकाशित मितिः ६ आश्विन २०७८, बुधबार ०५:०४
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाका हिलाम्य सडक अझै सुधार हुन सकेका छैनन् । स्थानीय सरकार सञ्चालनको ४ वर्ष बितिसक्दा पनि जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका भित्रका हिलाम्य सडक अझै सुधार हुन नसकेका हुन् । नेपाल टेलिकम हुँदै सिंगाचौर जाने सडक,पत्रकार महासङ्घ हुँदै सिंगाचौर जाने सडक टेलिकम अगाडी विजयनगर हुँदै बसर्पाक जाने सडक, लगायत चन्दननाथका दर्जनौ भित्री सडक वर्षौँदेखि हिलाम्य छन
तलब नबढाएपछि इसिडि र विद्यालय कर्मचारीले दिए नगरपालिकामा धर्ना

तलब नबढाएपछि इसिडि र विद्यालय कर्मचारीले दिए नगरपालिकामा धर्ना

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार २०:१५
  दैलेख । नेपाल सरकारले चालु आर्थिक वर्ष बाट बाल विकास र विद्यालयका कर्मचारीको तलब १५ हजार पु¥याउने घोषणा गरेको भए पनि स्थानीय तहले त्यसको निकासा नगरेको भन्दै इसिडि र विद्यालयका कर्मचारी आन्दोलित भएका छन् ।सरकारले बजेट भाषण मार्फत बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार पु¥याउने घोषणा गरे पनि आवश्यक बजेट नपठाएको भन्दै नगरपालिकाले सरकारले तोकेको तलब मान दिन नसकेपछि नेपाल विद्या
सहारा क्याम्पसका अध्यक्ष सुवेदीको उपचारको क्रममा निधन

सहारा क्याम्पसका अध्यक्ष सुवेदीको उपचारको क्रममा निधन

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार १९:५८
लामो समय विभिन्न गैरसरकारी संघ संस्थामा आवद्ध भएर सामाजिक कार्यमा सक्रिय सामाजिक अभियान्ता ओम प्रकाश सुवेदीको निधन भएको छ । वीरेन्द्रनगर–१२ नेवारे, चनौटे निवासी सुवेदीको उपचारको क्रममा मंगलबार अपराह्न १ः३० बजे हयाम्स अस्पताल काठमाडौंमा निधन भएको हो । सुर्खेतमा कुशल समाजसेवीको रुपमा क्रियाशील साहारा क्याम्पस सुर्खेतका वर्तमान अध्यक्ष ओम प्रकाश सुवेदीको आज निधन भएको छ । जिल्ला बाल संगठन सुर्ख