☰ open Loading... 24 January 2025|  

दुर्घटना

जीप दुर्घटनाका गम्भीर घाइतेलाई सुर्खेत ल्याइयो

जीप दुर्घटनाका गम्भीर घाइतेलाई सुर्खेत ल्याइयो

    प्रकाशित मितिः ५ भाद्र २०८१, बुधबार १९:२२
हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत ल्याइएकाे छ । आज बिहान पालिकाको दार्मा गौरी सल्ला मोडमा जीप दुर्घटना भएको थियो । दुर्घटनामा परेका चालकसहित तीन जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गम्भीर घाइते भएका चङ्खेली
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते

हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते

    प्रकाशित मितिः ५ भाद्र २०८१, बुधबार १३:४०
जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ । चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य र छ ।
सर्केगाड गाउँपालिकाका उपाध्यक्षको मृत्यु

सर्केगाड गाउँपालिकाका उपाध्यक्षको मृत्यु

    प्रकाशित मितिः ४ भाद्र २०८१, मंगलवार १२:५९
गाडी दुर्घटनामा घाइते भएका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को मृत्यु भएको छ । उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । कार्की सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका थिए । भेरीगंगा नगरप
सुर्खेतमा फोर्स गाडी दुर्घटना

सुर्खेतमा फोर्स गाडी दुर्घटना

    प्रकाशित मितिः ३ भाद्र २०८१, सोमबार १९:२८
नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको लु १ ज ४०९१ नम्बरको फोर्स गाडी सुर्खेतको भेरिगंगा नगरपालिका-१२ पाडुलेमा दुर्घटना ग्रस्त अवस्थामा रहेको छ । दुर्घटनामा यात्रुहरु घाइते भएका छन् भने कुनै पनि मानविय क्षति नभएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । दुर्घटनामा घाइते यात्रुको उपचार हुँदै घाइते यात्रुहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार हुँदैछ ।

बस दुर्घटना : १७ जना घाइते

    प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार ०८:५४
डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी तथा प्रवक्ता भीमलाल भट्टराईका अनुसार आज बिहान ५ बजेतिर बस दुर्घटना भएको हाे। बसमा सवार १७ जना घाईते रहेकाे बुझिएकाे छ। बसमा जम्मा कति जना यात्रु थिए भ
बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते

बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते

    प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार १३:२३
सिन्धुलीको कमलामाई नगरपालिका–४ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेका अनुसार बिहीबार बिहान ९ बजेर २० मिनेटको समयमा तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो। दुर्घटनामा दुईजनाको मृत्यु भएको र ११ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रह

बोलेरो जीप दुर्घटना: एकको मृत्यु, तीन घाइते

    प्रकाशित मितिः ३० श्रावण २०८१, बुधबार १६:२०
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। टिकोटबाट सदरमुकाम बेनीतर्फ जाँदै गरेको बोलेरो जीप (ग १ ज ७९४५) दुर्घटनामा परेपछि जीपमा सवार ६४ वर्षीय भीमबहादुर पुन मृत्यु भएकाे हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बेनी अस्पतालमा निधन भएको हो। दुर्घटनामा चालक ३६ वर्षीय केशव पुन, ७१ वर्षीय वीरबहादुर पुन, र ४
ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

    प्रकाशित मितिः २७ श्रावण २०८१, आईतवार २१:३५
खाडाचक्र नगरपालिका-३ ताडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार विहान १० बजे तिला कर्णाली क्याम्पसबाट काठ बोकेर ओरालो ताडी बजार झर्ने क्रममा आधारभूत स्वास्थ्य इकाइबाट चिप्लिएर कर्णाली प्रदेश ००१ त ०४७८ नम्वरको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाकाअनुसार ट्र्याक्टर दुर्घटनामा खाडाचक्र नगरपालिका-३ घर भएक

स्कारपियो ट्रकसँग ठोक्कियो: २० जना घाइते

    प्रकाशित मितिः २६ श्रावण २०८१, शनिबार १५:२५
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको लहान नगरपालिका-१२ मा चाइना कम्पनीको एक स्कारपियो र ट्रक आपसमा ठोक्किँदा २० जना घाइते भएका छन्। शनिबार बिहान धनगढीबाट लहान तर्फ आई रहेको प्रदेश २–०३–००१ ख ४०५७ नं.को ट्रक र विपरीत दिशाबाट गई रहेको बागमती प्रदेश ०३–००१ च २८७५ नंको स्कारपियो एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख डम्बर पुरीले जानकारी दिए। दुर्घटनामा घाइते स्कारपियोमा सवा

ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार १९:१०
सुर्खेतको लेकवेशी नगरपालिका-३, स्थित काप्रीखोला नजिक भदन भण्डारी राजमार्गमा ट्रकले अटो रिक्सालाई ठक्कर दिदा चालकको मृत्यु भएको छ । बुधबार दिउसो लेकवेशी नगरपालिका-४, को दशरथपुरदेखि वडा नम्वर- १ लेखफर्सा तर्फ जाँदै गरेको मदेश प्रदेश ०३००१ क २४९१ नम्वरको ट्रकले विपरित दिशाबाट आईरहेको भे १ ह ६६७५ नम्वरको अटो रिक्सालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट अटो चालक ४८ बर्षका डिलबहादुर डडालीको घटना