☰ open Loading... 23 November 2024|  

कृषि/पशु

भिरमौरामा विकासले राहत ल्याउँदै

भिरमौरामा विकासले राहत ल्याउँदै

    प्रकाशित मितिः ७ जेष्ठ २०८१, सोमबार ०९:५५
गाउँबिचबाट सडक खन्न लाग्दा खुसी भएका दैलेखका नारायण नगरपालिका–४ स्थित ठाडीखोला र भिरमौराका स्थानीयहरू वर्षा सुरु भएसँगै आएको पहिरोले स्थानीयहरू पीडित भए। विकाससँगै गाउँमा विनास देखा पर्न थाल्यो। पहिरोले खेतबारीहरू बगर हुन थाले, पाहानहरू सुक्न थाले, अहिले खेतहरूमा सिँचाइ गर्ने कुलो बग्यो। गाउँमा आएको सडकका कारण खानेपानी, सिँचाइदेखि उब्जनीसमेतमा असर पर्न थालेपछि स्थानीयहरूमा बेचैनी भयो। खेत बगर छ
कोरियाबाट फर्केर माछापालनमा

कोरियाबाट फर्केर माछापालनमा

    प्रकाशित मितिः ५ जेष्ठ २०८१, शनिबार १८:१८
बागलुङ नगरपालिका ४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ। बागलुङको काठेखोला गाउँपालिका ८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत ६ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन्। उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हुन्। तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन्। ‘श्रमिकका रूपमा कोरिया पुगेको थिएँ। कोर
कालीकोटका किसानलाई गोठालो भत्ता !

कालीकोटका किसानलाई गोठालो भत्ता !

    प्रकाशित मितिः २६ बैशाख २०८१, बुधबार १३:१८
जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो । पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक रु एक हजार प्रदान गरिने जानकारी दिए ।
हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

    प्रकाशित मितिः २६ बैशाख २०८१, बुधबार १२:४४
हुम्ला अहिले खडेरीको चपेटामा परेको छ । खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ । सुक्खाले बाली बिग्रेको गुनासो सिमकोट गाउँपालिका–१, २, ३ र ४ का किसानले गरेका छन् । पानी वैकल्पिक व्यवस्था नहुँदा उनीहरू कसरी अर्को बाली लगाउने र परिवारको भरणपोषण गर्ने भनेर चिन्तित भएका छन् । हिउँदमा हिउँ पर्दा सुविकाल हुने हिउँ नपर्दा अनिकाल हुने सिमकोट गाउँपालि
भैंसी पाले पचास हजार दिने

भैंसी पाले पचास हजार दिने

    प्रकाशित मितिः २६ बैशाख २०८१, बुधबार १२:३९
पर्वतको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार अनुदान दिने भएको छ। किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रति भैसी ५० हजारका दरले अनुदानको व्यवस्था गरिएको हो। यसअघि राँगा पालेका प्रत्येक किसानलाई २० हजार अनुदान दिएको पालिकाले भैँसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय

भिरबाट हाम फालेका ७० भेडा मरे

    प्रकाशित मितिः २५ बैशाख २०८१, मंगलवार २१:३१
जुम्लामा भालु भेडाको बगालमा पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरेका छन् । तातोपानी गाउँपालिका ७ बारागाउँको थुमलचौर पाटनमा राखिएका भेडीखोरमा सोमबार राति २ बजेतिर भालु पसेको थियो । स्थानीय भेडीगोठाला मगे रावत र सिउल रावतका ७० भेडा भिरबाट हाम फालेर मरेको स्थानीयले बताएका छन् । मगे र सिउल दाजुभाइ हुन् । उनीहरुले सँगै पाटनतिर भेडा लगेका थिए । दुई दाजुभाइका कुल १ सय २ भेडा थिए । भालु पसेर तर्सि
खडेरीले सुक्न थाले मकै

खडेरीले सुक्न थाले मकै

    प्रकाशित मितिः २४ बैशाख २०८१, सोमबार ११:२४
लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन्। घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ। कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताए। झापामा महिनौंदेखि वर्षा भएको छैन। ‘सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन’, उनले भने, ‘तर, ‘सिँचाइ सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ। उत
फार्म हत्याएर गुरासँ गाँउपालिकाले पीडितलाई दुःख दिएको आरोप

फार्म हत्याएर गुरासँ गाँउपालिकाले पीडितलाई दुःख दिएको आरोप

    प्रकाशित मितिः २० बैशाख २०८१, बिहीबार ११:२३
दैलेखको गुराँस गाउँपालिका र नेपाल कृषि विकास फार्म प्रा.ली.संयूक्त रुपमा सञ्चालनमा ल्याएको ल्याब तथा हाईटेक नर्सरी विवादमा परेको छ । पालिकाले दोस्रो सम्झौता गरेर एकल चलाउने निर्णय गरे पनि मुंल्याकन र भुक्तानी नगर्दा विवादित भएको हो । २०७५ चैत्र २६ गते आलु तथा फलफुल बिउ बिरुवा उत्पादन ल्याब तथा हाईटके नर्सरी पटक २० वर्षका लागि सम्झौता भएको थियो । गुराँस गाउँपालिका –४ घोडाबाँसमा सञ्चालन भएको नर
पानी नपर्दा सुक्न थाल्यो चैते धान

पानी नपर्दा सुक्न थाल्यो चैते धान

    प्रकाशित मितिः १८ बैशाख २०८१, मंगलवार १०:२०
लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ। चैते धान रोपेदेखि पानी नपर्दा खेतका धाँजा फाट्न थालेको छ। बढ्दो गर्मीसँगै वैशाख अन्तिम सम्ममा पनि पानी पर्न नसके चैते धानको उत्पादन घट्ने कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउँछन्। अन्न भण्डारको रुपमा मानिने मोरङमा यसवर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। गत वर्षभन्दा य
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे

जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे

    प्रकाशित मितिः १३ बैशाख २०८१, बिहीबार १५:२०
जुम्लाका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् । तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैँचा फुलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताए । स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि र