कर्णालीमा विकास बजेट कार्यान्वयन न्यून
प्रकाशित मितिः ९ मंसिर २०८२, मंगलवार १७:०५
sबजेट खर्चमा पहिलो त्रैमासिकसम्म निकै कमजोर प्रदर्शन गरेको कर्णाली प्रदेश सरकारले कात्तिक महिनामा पनि विकास बजेट कार्यान्वयनको गति बढाउन नसकेको पाइएको छ ।
प्रदेश लेखा नियन्त्रकको कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार कात्तिक महिनामा जम्मा ८ करोड ६६ लाख ९५ हजार ८९४ रुपैयाँमात्रै विकास बजेट कार्यान्वयन भएको छ । सरकारका मन्त्री र कर्मचारीहरूले गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का का









