☰ open Loading... 28 November 2025|  

विकास

प्रदेश सरकारका लागि धनगढीमा भवनको खोजी

    प्रकाशित मितिः ५ माघ २०७४, शुक्रबार ०९:५१
  धनगढी  ।  प्रदेश प्रमुखको नियुक्ति र धनगढीलाई सात नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएसँगै प्रदेश सरकारका लागि चाहिने भवन लगायतका संरचनाको खोजी शुरु गरिएको छ । क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेल नेतृत्वको टोलीले बिहीबार धनगढीमा रहेको क्षेत्रीय स्वास्थ्य तालीम केन्द्र, कृषि, क्षेत्रीय वन, क्षेत्रीय सिँचाइ निर्देशनालय, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग कार्यालय, सहकारी प्रशिक्षण
कति भयाे भेरी-बबर्इ डाइभर्सनकाे काम ? (सुरूङभित्रका १२ तस्वीर)

कति भयाे भेरी-बबर्इ डाइभर्सनकाे काम ? (सुरूङभित्रका १२ तस्वीर)

    प्रकाशित मितिः २ माघ २०७४, मंगलवार १७:४२
हात्तिखाल (सुर्खेत) । गत आसोजदेखी सुरुङ खान्न थालिएको राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको एकहजार पाँचसय मिटर सुरुङ खनि सकिएको छ । बाँके र बर्दियाका ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाई पु¥याउने उदेश्यले निर्माण जारी रहेको यो आयोजनामा द्रुत गतिमा अघि बढेको छ । याे पनि पढ्नुहाेस् : भेरी बबई आयोजना : मेशीन आएको १५ दिनमै सुरुङ्ग खन्न शुरु टनेल बोरिङ मेसिनले हालसम्म एक हजार पाँचसय सुरुङ खनिसकेको
यी हुन कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना

यी हुन कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना

    प्रकाशित मितिः २ माघ २०७४, मंगलवार १६:२८
काठमाडौँ ।  मुलुककै पिछडिएको क्षेत्र मानिने कर्णालीलाई आर्थिक, सामाजिक विकास गरी समृद्ध क्षेत्रका रुपमा विकास गर्ने सोचका साथ १० वर्षे विकास योजना अघि सारिएको छ ।  व्यापक र दिगोरुपमा स्रोतसाधनको उपयोग तथा मानव पूँजीको विकास गरी जनताको जीवनस्तर उठाउने एवं समृद्धि हासिल गर्ने उद्देश्यका साथ कर्णाली विकास आयोगले १० वर्षे योजना तयार गरेको हो । आयोगले योजना तर्जुमा गरी कर्णाली विकास परिषद्को बैठकक

बीस वर्षपछि पूरा भयो सवारी साधन चढ्ने धोको

    प्रकाशित मितिः २ माघ २०७४, मंगलवार १४:३८
डडेल्धुरा ।  डडेल्धुराका एक गाउँका सर्वसाधारणको २० वर्षपछि मात्रै सवारी साधन चढ्ने धोको पूरा भएको छ ।  डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार आएसँगै बाटो पनि बनेपछि पूरा भएको हो । विसं २०५४ मा उद्घाटन गरी सडक खन्ने कार्य गरिए पनि २० वर्षपछि जनप्रतिनिधि आएको छ महिनामा नै पूरा भएको उक्त गाउँपालिकाले जनाएको छ । वि
डोल्पालीलाई सडक नासो बुझाउँदै सेना

डोल्पालीलाई सडक नासो बुझाउँदै सेना

    प्रकाशित मितिः १ माघ २०७४, सोमबार १९:१४
डोल्पा । दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन अब तीन किलोमिटर मात्रै बाँकी रहेको छ । जाजरकोट(डोल्पा सडकखण्ड अन्तर्गत श्रीविण्डे(त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाले तीब्र रुपमा अघि बढाएपछि डोल्पालीको सडक सपना पूरा हुने भएको हो । जाजरकोट(डोल्पा सडकखण्डको कुल लम्बाई ११७ दशमलम ७ किलोमिटर सडकखण्ड मध्ये ११४ दशमलव ७ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भइसकेको
गति लिदैं कर्णाली करिडोर, ६६ किलोमिटर निर्माण पुरा

गति लिदैं कर्णाली करिडोर, ६६ किलोमिटर निर्माण पुरा

    प्रकाशित मितिः २८ पुष २०७४, शुक्रबार १२:३३
सडक सञ्जालमा जोडिदैं हुम्ला पवित्रकुमार शाही कालिकोट । डेढ दशकसम्म अलपत्र रहेको कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोट जोड्ने सडक निर्माण कार्यले गति लिएको छ । करिडोर अन्तर्गतको एक सय ९६ किलोमिटरमध्ये ६६ किलोमिटर सडक निर्माण कार्य पूरा भएको हो । सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएपछि यसले गति लिएको हो । अहिले धमाधम सडक निर्माण कार्य भइरहेको छ । कालिकोटको लालीघाटदेखि घ

पर्यटकीयस्थल रुडुबन्चुमा गाडी गुड्याे

    प्रकाशित मितिः २७ पुष २०७४, बिहीबार ०८:३१
कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–१० को रुडुबन्चुमा गाडी पुगेको छ । स्थानीय तहको सरकारले जिल्लामा नै पहिलो पटक स्थानीय बजेटबाट नै सडक निर्माण गरेर गाडी पु¥याएको खबर आजको मालिका पोष्ट दैनिकमा छापिएको छ । स्थानीय तहबाट ३२ लाख रुपैयाँ विनियोजन गरेर चिल्लायादेखि निकै विकट रुपमा चिनिएको रुडबन्चुसम्म ८ किलोमिटर सडक निर्माण भएपछि पहिलो पटक गाडी पुगेको हो । तिलागुफा नगरपालिका निकै विकट रुपमा रहेको ग

छोरी जन्मिए रु एक हजार प्रोत्साहन भत्ता

    प्रकाशित मितिः २६ पुष २०७४, बुधबार १३:२७
  बैतडी ।  बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ ।  नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन
महाकाली प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण

महाकाली प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण

    प्रकाशित मितिः २५ पुष २०७४, मंगलवार ०९:१६
  डडेल्धुरा ।  महाकाली नदीले प्रभावित पार्ने क्षेत्रमा जोखिमलाई न्यूनीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको छ ।  सोमबार डडेल्धुरामा महाकाली नदीले प्रभाव पार्ने र जोखिम न्यूनीकरण गर्नका लागि प्रभावमा परेका चार जिल्लाका कर्मचारीलाई डडेल्धुरामा क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । नेपालको पश्चिमी सीमा महाकाली नदी क्षेत्रअन्तर्गत पर्ने समुदायमा सञ्चालित दक्षिण एशियाली अन्तरदे
स्याउमा आत्मनिर्भर बन्दै जुम्ला

स्याउमा आत्मनिर्भर बन्दै जुम्ला

    प्रकाशित मितिः २३ पुष २०७४, आईतवार १७:२०
सागर परियार, जुम्ला ।  जुम्ला जिल्ला आफैमा प्राकृतिक स्रोेत साधनले भरिपुर्ण जिल्ला हो । जुम्लामा विकासका सम्भावना पनि धेरै छन् । अबसर तथा लगानीको अभावमा कर्णालीका सम्भावनाहरु अझै पनि ओजेलमा परेको अबस्था छ । तर पछिल्लो समय सडक संजाल जोडिए संगै जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । स्याउबाटै जुम्लामा वर्षेनि करोडौको आम्दानी गर्दै आएका छन् । जुम्लामा रहेका झण्डै १८ हजार घरधुरी मध्य १६