☰ open Loading... 17 November 2024|  

उपनिर्वाचन

जलेश्वरमा बस दुर्घटना: २७ घाइते, ४ को अवस्था गम्भीर

जलेश्वरमा बस दुर्घटना: २७ घाइते, ४ को अवस्था गम्भीर

    प्रकाशित मितिः २३ चैत्र २०८०, शुक्रबार २२:२७
म्याग्दीको बेनीबाट पर्यटकीय क्षेत्र घोडेपानी जाँदै गरेको बस जलेश्वरमा दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। बेनी–गलेश्वर सडक खण्डमा पर्ने जलेश्वर नजिकै ग.१ ख.५६५५ नम्बरको बस दुर्घटनामा घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। उनीहरूलाई थप उपचारको लागि पोखरा ल्याइएको छ। अन्य सामान्य घाइते भएकाले बेनी अस्पतालमा नै उपचार गरिएको जिल्ला प्रहरी कार्यालयक

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    प्रकाशित मितिः २३ चैत्र २०८०, शुक्रबार १०:३१
जिल्लाको झौलेकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो। दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको मृत

अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते

    प्रकाशित मितिः १९ चैत्र २०८०, सोमबार १८:०१
बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा रात्माटामा दुर्घटना हुँदा एक बालिकासहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) दीपकबाबु केसीले जानकारी दिए। दुर्घटनामा बागलुङ नगरपालिका–३ की ४५ वर्षीया रेवती किसान, २४ वर्षीया सम्झना किसान, ५ वर्षीया

नेपालगन्जमा युवकको हत्या

    प्रकाशित मितिः १८ चैत्र २०८०, आईतवार १८:१७
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा एक युवकको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ निवासी अन्दाजी २० वर्षका अरबी खाँको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता नारायण डाँगीले जानकारी दिए। युवकको हत्या गरिएको अवस्थामा आइतबार बिहान १० बजेतिर शव फेला परेको उनले बताए। घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँक
कास्की जीप दुर्घटना: दुई जनाको मृत्यु, १० घाइते

कास्की जीप दुर्घटना: दुई जनाको मृत्यु, १० घाइते

    प्रकाशित मितिः १८ चैत्र २०८०, आईतवार १८:१५
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ मा आज भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ। पोखराबाट कास्कीको सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको भदौरे देउराली नजिकैको थामडाँडामा आज दिउँसो ३ः५० बजेको समयमा दुर्घटना भएको हो। दुर्घटनामा अन्य १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घाइतेहरूको उद्धार गरि उपचारका लागि पोखरा ल्याइएको छ। दुर्घ
दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते

दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते

    प्रकाशित मितिः १८ चैत्र २०८०, आईतवार ११:२३
दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। महाबु गाउँपालिका वडा २ मा शनिवार बिहान साडे ९ बजेतिर कर्णाली प्रदेश बा १ झ ००३२ नम्बर को जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्। घाइते हुनेहरुको पहिचान नखुलेको र प्रहरी टोली घटना स्थलतर्फ गएको दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीले बताए। घाइतेहरुलाई दैलेख अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मगराठीले जानकारी दिए।

हावाहुरीले भाँचेको रुखले किच्दा स्कुटरमा सवार युवकको मृत्यु

    प्रकाशित मितिः १७ चैत्र २०८०, शनिबार २२:१४
पाल्पामा हावाहुरीले भाँचेको रुखले किच्दा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तगर्त जरे पिपलमा भन्ने ठाउँमा सल्लाको रुख पल्टेर लाग्दा लु ८१प ११३६ नम्बरको स्कुटरमा सवार पाल्पा कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको हो। जिल्ला प्रहरी कायलय पाल्पा डीएसपी सुगन्ध श्रेष्ठकाअनुसार स्कुटर चालक सोही स्थानका प्रमथ शाही घाइते भएका छन् । उनको प्रवा
दाहसंस्कार सकेर फर्किँदै थिए, त्रिशूलीमा ज्यान गुमाए

दाहसंस्कार सकेर फर्किँदै थिए, त्रिशूलीमा ज्यान गुमाए

    प्रकाशित मितिः १७ चैत्र २०८०, शनिबार २२:०९
गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो। उपचारका क्रममा राजधानी काठमाडौँमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुग्यो। अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी छोराक

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु

    प्रकाशित मितिः १७ चैत्र २०८०, शनिबार २२:०७
सहिद लखन गाउँपालिका-३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नवलपरासीपूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग १ च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी स्कारपियोमा सवार नवलपरासीपूर्व विनय त्रिवेणी गाउँपालिका-

सिमलधारा ट्याक्सी दुर्घटनाका पाँच जनाको पहिचान खुल्याे

    प्रकाशित मितिः १७ चैत्र २०८०, शनिबार १५:०४
चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित सिमलधारानजिकबाट त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचैजनाको नाम पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार मृतकहरुमा जिल्ला गोर्खा जिल्लाको गोर्खा नरपालिका वडा ७ बस्ने ट्याक्सी चालक अर्जुन शिर्मल, सोही ठाउँका ट्याक्सीमा सवार हरिमाया रोकाय, जुनकिरी रोकाय, अञ्जना रोकाय र बालक आगमन नगरकोटी रहे