☰ open Loading... 21 December 2024|  

उपनिर्वाचन

लगातारको वर्षाले कैलालीका अधिकांश बस्ती डुबानमा

लगातारको वर्षाले कैलालीका अधिकांश बस्ती डुबानमा

    प्रकाशित मितिः ५ भाद्र २०८१, बुधबार ०९:३१
कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन्। मंगलवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि अधिकांश बस्ती डुबानमा परेका हुन्। कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहोराले प्रायः जसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको बताए। उनका अनुसार जिल्लाका अधिकांश बस्ती जलमग्न र ड
पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु

पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु

    प्रकाशित मितिः ३ भाद्र २०८१, सोमबार ११:०१
जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन्। उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए। इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृ
सोलुखुम्बुको थामे गाउँमा लेदोसहितको बाढी

सोलुखुम्बुको थामे गाउँमा लेदोसहितको बाढी

    प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार १९:३८
सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको छ। शुक्रबार दिउँसो खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको हो। थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएपछि दूधकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध

भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध

    प्रकाशित मितिः ३२ श्रावण २०८१, शुक्रबार ११:००
भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षाका कारण बहाव बढ्दा राप
कर्णालीमा विपद् : ६३ दिनमा १० जनाको मृत्यु

कर्णालीमा विपद् : ६३ दिनमा १० जनाको मृत्यु

    प्रकाशित मितिः २९ श्रावण २०८१, मंगलवार ०७:५०
कर्णालीमा मनसुनजन्य विपद्‌बाट ६३ दिनको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । वर्षातका कारण आएको पहिरो तथा बाढीमा गरी ती व्यक्तिहरूले ज्यान गुमाएका हुन् । कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका मुख्यमन्त्री यामलाल कँडेलका अनुसार यो वर्षको विपद्जन्य मनसुन जेठ २८ गतेदेखि सुरु भई आइतबारसम्म विपद्मा परी एक जना बेपत्ता भएका छन् । यस्तै विपद् घटनामा परी २१ महिला ३४ पुरुष गरी ५५ जना घाइते
पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

    प्रकाशित मितिः २७ श्रावण २०८१, आईतवार २१:२४
कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत जुम्ला-सुर्खेत सडकखण्डको कालिकोट शुभकालिका गाउँपालिका–१ गगन खोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले आइतबार बेलुका पुनः पहिरो गएर सडक अवरुद्ध भएकाले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको बताए। अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए। शनिबार कर्णाली राजमार्गको काल
पहिरो हटाएसँगै कर्णाली राजमार्ग खुल्यो

पहिरो हटाएसँगै कर्णाली राजमार्ग खुल्यो

    प्रकाशित मितिः २७ श्रावण २०८१, आईतवार ०८:१८
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो । जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । पर्याप्त बजेट नहुँदा समय
बडिगाड पहिरोः ५० परिवार विस्थापित

बडिगाड पहिरोः ५० परिवार विस्थापित

    प्रकाशित मितिः २७ श्रावण २०८१, आईतवार ०८:०९
बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन्। बाग्लुगको बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं. १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्। हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको अवस्था अझै अज्ञात छ। विस्थापित परिवारको अहिले बिचल्ली भएको छ। पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धाल
सडक डिभिजनले महावु सडकको पहिरो हटाउने

सडक डिभिजनले महावु सडकको पहिरो हटाउने

    प्रकाशित मितिः २४ श्रावण २०८१, बिहीबार १४:२६
सडक डिभिजन कार्यालय सुर्खेतले दैलेख महावु सडकको पहिरो हटाउने भएको छ । जनैपूर्णीमाको दिन महावुमा हुने शिवजीको पुजामा जाने भक्तजनका सुविधाका लागि सडक खोल्ने तयारी भएको हो । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले सडकको अनुगमन गरेका छन् । बर्षातमा पहिरोले बगाएको सडक मर्मतका लागि सडक डिभिजनले खोल्ने भएको हो । धार्मीक पुजाअर्चनाको लागि महावु भक्तजनहरु धेरै सहभागी हुने भएकाले र दैलेखका
जेठपछि विपद्‌मा परी हालसम्म १६७ जनाको मृत्यु, ५० जना बेपत्ता

जेठपछि विपद्‌मा परी हालसम्म १६७ जनाको मृत्यु, ५० जना बेपत्ता

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार २१:११
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको