☰ open Loading... 16 November 2024|  

उपनिर्वाचन

विपद्‌मा परी हालसम्म ८८ जनाको मृत्यु

विपद्‌मा परी हालसम्म ८८ जनाको मृत्यु

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार २१:१२
गत जेठ २८ गतेदेखि निरन्तर परेको वर्षाका कारण देशभर बाढी, पहिरो लगायतका विपद्‌मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ। बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा ४ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८८ जनाको मृत्यु भएको हो। त्यसैगरी, विभिन्न
बाढी-पहिरोबाट देशभर १३२ सडक प्रभावित

बाढी-पहिरोबाट देशभर १३२ सडक प्रभावित

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार १६:४६
बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ। सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन्। विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भएको छ। डुम्रे–बेसीसहर–चामे, विराटनगर–इटरी धरान, तान
पहिरोले पुरिएर युवकको मृत्यु, डुबानमा फसेका परिवारको उद्धार

पहिरोले पुरिएर युवकको मृत्यु, डुबानमा फसेका परिवारको उद्धार

    प्रकाशित मितिः २६ असार २०८१, बुधबार १६:१२
अविरल वर्षापछिको पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पहिरोले पुरिएर  पोखरा महानगरपालिका–२७ सहेलापाटाका २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो। कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माका अनुसार पहिरोले स्थानीय ५१ वर्षीय मनबहादुर थापाको घर पहिरोले पुरिएको थियो। घरभन्दा करिब २० मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ। शर्माका
रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

    प्रकाशित मितिः २५ असार २०८१, मंगलवार १४:४६
रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९
विपद्का घटनामा कर्णालीमा ५ को मृत्यु, १७ घाइते

विपद्का घटनामा कर्णालीमा ५ को मृत्यु, १७ घाइते

    प्रकाशित मितिः २५ असार २०८१, मंगलवार १४:३३
असार १ देखि २४ गतेसम्मको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी कर्णाली प्रदेशमा ५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी, पहिरो, चट्याङलगायतका घटनामा परी उनीहरूको मृत्यु भएको हो । प्रहरीकाअनुसार असार १७ गते जाजरकोटमा पहिरोले घर भत्किँदा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको थियो । यस्तै शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलामा पानीको बहाव बढेसँग
देशभर बाढीपहिरोले ४१ पुल बगायो, १० करोड बढीको क्षति

देशभर बाढीपहिरोले ४१ पुल बगायो, १० करोड बढीको क्षति

    प्रकाशित मितिः २५ असार २०८१, मंगलवार १२:४४
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन भने रु १० करोडभन्दा बढीको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो। जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन्। बाढीपहिराका कारण तीन सय ८१ पशु चौपायको
अझै खुलेन कर्णाली राजमार्ग र करिडोर

अझै खुलेन कर्णाली राजमार्ग र करिडोर

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार २०:२५
पहिरोले तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग र करिडोर अझै खुलेको छैन । राजमार्गको विभिन्न ६ ठाउँ र करिडोरको ३ ठाउँमा पहिरो गएर पुर्णरुपले बन्द भएको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक र कर्णाली करिडोर खुलालु हुम्ला सडकको पहिरोसहितको ढुंगा हटाउन नसक्दा सडक खुल्न नसकेको हो ।
बाढीपहिरोमा परेर हालसम्म ७० को मृत्यु

बाढीपहिरोमा परेर हालसम्म ७० को मृत्यु

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १४:२६
अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए ।
वर्षात सुरु भएयता बाढीपहिरोले १५ को मृत्यु

वर्षात सुरु भएयता बाढीपहिरोले १५ को मृत्यु

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १०:३५
अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका घटनामा परी पछिल्लो दुई दिनमा देशभर १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । आइतबार साँझसम्म ३ जना बेपत्ता छन् । नेपाल प्रहरी केन्द्रीय कार्यालयले बाढीपहिरोमा परी शनिबार र आइतबार मात्रै काठमाडौं उपत्यकासहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको पुष्टि गरेको हो । शनिबार यताको भारी वर्षात्का कारण सबैभन्दा बढी गण्डकी प्रदेशम
आज पनि देशका केही भागमा भारी वर्षा हुने

आज पनि देशका केही भागमा भारी वर्षा हुने

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १०:३०
हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्