माछा मार्न हिँडेका युवक टापुमा अलपत्र
प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार २१:४१
माछा मार्न गएका एक युवक हुम्लास्थित कर्णाली नदीको बीच भागमा रहेको टापुमा अलपत्र परेका छन्। नदीमा पानीको बहाव ह्वात्तै बढेपछि युवक बीच टापुमा अलपत्र परेका हुन्।
उनी मुगु सोरु गाउँपालिका– ४ लिबुका १८ वर्षीय इबराज मल्ल रहेको लुकुना प्रहरी चौकीका इन्चार्ज असइ खडकबहादुर थापाले जानकारी दिए। असइ थापाका अनुसार ती युवा हुम्लाको अदानचुली गाउँपालिका–३ मकैकुनास्थित कर्णाली नदीको टापुमा अलपत्र परेका हुन्।