प्रहरी निशानामा विप्लवका कार्यकर्ता
प्रकाशित मितिः २३ असार २०७३, बिहीबार ०३:१६
अञ्चल प्रहरी कार्यालय भेरीले आफ्ना मातहतका जिल्लाहरुमा आपराधिक क्रियाकलाप रोक्न विशेष अपरेसन चलाइरहेको छ । तीन महिनादेखि जारी अपरेसनका क्रममा विप्लव माओवादीका कार्यकर्तादेखि सिके राउतका समर्थकहरुसम्म निशानामा परेका छन् ।
केही समयअघि सिके राउतको समूहका केन्द्रीयय प्रवक्ता अब्दुल खान, बाँके–बर्दियाका इन्चार्ज इरफान शेषसहित १५ जना समर्थकहरु पक्राउ परे । बाँकेको महेन्द्र पार्कभित्र भेला भएर शंकास्पद