☰ open Loading... 23 December 2024|  

देश

आज उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

आज उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

    प्रकाशित मितिः ६ मंसिर २०८१, बिहीबार ११:५६
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ। कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्
सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो

    प्रकाशित मितिः ४ मंसिर २०८१, मंगलवार ११:३६
सुनको मूल्य दुई दिनयता लगातार बढिरहेको छ । मंगलबार सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार भने सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ थियो । आइतबार भने सुनको तोलाको १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली बजारमा पनि प्रभाव प
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु

    प्रकाशित मितिः ४ मंसिर २०८१, मंगलवार १०:५८
भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ। अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःश
पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

    प्रकाशित मितिः १ मंसिर २०८१, शनिबार ०८:४१
दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए । चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्न
भारतीय क्रिकेटर शिखर धवन कर्णाली याक्समा अनुबन्ध

भारतीय क्रिकेटर शिखर धवन कर्णाली याक्समा अनुबन्ध

    प्रकाशित मितिः १ मंसिर २०८१, शनिबार ०८:२८
भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले आज भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी दिएको छ। सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन्। सम्झौता रकम भने गोप्य राखिएको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खना
कतिपय स्थानमा वर्षाको सम्भावना

कतिपय स्थानमा वर्षाको सम्भावना

    प्रकाशित मितिः १ मंसिर २०८१, शनिबार ०८:२५
हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना भने छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेश पह
बढ्यो डिजल र मट्टीतेलको मूल्‍य

बढ्यो डिजल र मट्टीतेलको मूल्‍य

    प्रकाशित मितिः ३० कार्तिक २०८१, शुक्रबार २१:४८
डिजल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । तर, पेट्रोलको मूल्‍य भने बढाइएको छैन । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०।५० रुपैयाँ कायम भएक
दार्चुला जिप दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, ५ जना घाइते

दार्चुला जिप दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, ५ जना घाइते

    प्रकाशित मितिः ३० कार्तिक २०८१, शुक्रबार १०:१०
दार्चुलामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। अन्य ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या ८ पुगेको हो। उनका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द
घरभित्र सडेको अवस्थामा तीन शव भेटिए

घरभित्र सडेको अवस्थामा तीन शव भेटिए

    प्रकाशित मितिः २९ कार्तिक २०८१, बिहीबार १९:३३
काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । बिहीबार ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिनाका बालक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ‘कोठामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा भेटिएको छ । शवको प्रकृति हेर्दा धेरै दिन अघि मृत्यु भएको जस्तो देखिन्छ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी
तीन प्रदेशका पहाडी भूभागमा वर्षा र केही स्थानमा हिमपातको सम्भावना

तीन प्रदेशका पहाडी भूभागमा वर्षा र केही स्थानमा हिमपातको सम्भावना

    प्रकाशित मितिः २७ कार्तिक २०८१, मंगलवार ११:४८
देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी