☰ open Loading... 3 May 2024|  

देश

एक वर्ष ४९ जनाको मृत्यु

एक वर्ष ४९ जनाको मृत्यु

    प्रकाशित मितिः ४ बैशाख २०८१, मंगलवार ११:४७
पश्चिम नेपालमा पछिल्लो समय आगलागीका घटना बढ्न थालेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगलागीका घटना बर्सेनि बढ्दै गएका छन्। बर्सेनि आगलागीका घटना हुनुको प्रमुख कारण, ‘लापरबाही’ रहेको बताइएको छ। जानीनजानी मानवीय लापरबाहीका कारण पछिल्लो समय आगलागीबाट ठूलो जनधनको क्षति हुन थालेको विभिन्न तथ्यांकहरुले देखाएका छन्। आगो ताप्दा, खाना पकाउने बेला र बिजुलीको तार सर्ट भएर आगलागीका घटना धेरै हु
कर्णाली सहितका प्रदेशमा ३ दिनसम्म हावाहुरी र वर्षा हुने

कर्णाली सहितका प्रदेशमा ३ दिनसम्म हावाहुरी र वर्षा हुने

    प्रकाशित मितिः ४ बैशाख २०८१, मंगलवार ०६:३६
आगामी ३ दिनसम्मै देशका विभिन्न पहाडी भू–भागमा हावाहुरीसँगै वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्याे

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्याे

    प्रकाशित मितिः ३ बैशाख २०८१, सोमबार २१:०७
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएकाे हाे। भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो। निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएका न्यौपानेलाई एक वर्ष कैद र ४ करोड जरिवाना

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएका न्यौपानेलाई एक वर्ष कैद र ४ करोड जरिवाना

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार २१:१४
विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैद सुनाएको छ । विशेष अदालतले उनलाई सेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा ७ चैत २०८० मा दोषी ठहर गरेको थियो । तर, सजाय भने निर्धारण भएको थिएन । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठ
कालोपत्र उप्किएपछि राष्ट्रिय लोकमार्गकाे बिजोक

कालोपत्र उप्किएपछि राष्ट्रिय लोकमार्गकाे बिजोक

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार २१:०४
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत घोडाबाँधे-बुर्तिबाङ सडक कालोपत्र उप्किएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। बागलुङ बजारदेखि घोडाबाँधेसम्मको करिब १२ किलोमिटर सडक वर्षौँदेखि स्तरोन्नति हुन सकेको छैन। कालोपत्र गरिएको सडक उप्किएर हिलाम्मे र धुलाम्मे बनेको छ। घोडाबाँधेदेखि बुर्तिबाङसम्म सडकको बीच भागबाट कालोपत्र उप्किएर ठुला-ठूला खाल्डा परेका छन्।
जीबी राईसहित २८ जना प्रतिवादी, १ अर्ब २ करोड बिगो मागदाबी

जीबी राईसहित २८ जना प्रतिवादी, १ अर्ब २ करोड बिगो मागदाबी

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार १६:१४
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रन्जित सिंह राठौरले रातोपाटीलाई बताए । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको छ । १ अर्ब २ करोड मागदाबी लिनुपर्ने रायसहितको अनुसन्धान प
कर्णाली सहितका प्रदेशमा मध्याह्नपछि हावाहुरी

कर्णाली सहितका प्रदेशमा मध्याह्नपछि हावाहुरी

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार ०६:४८
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै र बाँकी पहाडी भूभागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी र क
३ सातामा सुन १२ हजार ३ सयले बढ्यो

३ सातामा सुन १२ हजार ३ सयले बढ्यो

    प्रकाशित मितिः १ बैशाख २०८१, शनिबार १०:३०
पछिल्ला केही सातायता सुनको मूल्यले दैनिक नयाँ/नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर फेरी नयाँ कीर्तिमानी बनाएको छ । मूल्यमा नयाँ कीर्तिमानीसँगै शुक्रबार प्रतितोला सुनको भाउ १ लाख ३९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य भने गहना व्यवसायीका लागि हो । गहना व्
कर्णाली सहित अन्य प्रदेशमा हुरीबतासको चेतावनी

कर्णाली सहित अन्य प्रदेशमा हुरीबतासको चेतावनी

    प्रकाशित मितिः १ बैशाख २०८१, शनिबार १०:२७
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, कोशी, वाग्मती र मधेश प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । साथै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको सम्भाावना रहेको बताउँदै ती भूभागका सबैलाई सचेत रहन आग्र
गुनासो लिएर घर पुगेका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर गरे कुटपिट

गुनासो लिएर घर पुगेका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर गरे कुटपिट

    प्रकाशित मितिः १ बैशाख २०८१, शनिबार १०:२४
पर्साको जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ। गुनासो लिएर वडाध्यक्षको घरमा पुगेका अमिर मियाँ गदीलाई वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा र उनका पक्षधरहरूले रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको हो। प्रहरीका अनुसार,बाटो विस्तारका क्रममा आफ्नो घरको केही भाग तोडिएपछि त्यसबारे गुनासो गर्नका लागि शुक्रबा