तीस हजार घुस लिएका प्रहरी नायब निरीक्षक रंगेहात पक्राउ
प्रकाशित मितिः २२ बैशाख २०८२, सोमबार ०८:५९
रुपन्देहीको दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
भारतबाट भन्सार छली गरी घरेलु प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले खड्काविरुद्ध मुद्दा चलाएको हो।
अख्तियार बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकम लिइ









