अण्डाको माग बढ्यो, मूल्य बढाइयो
प्रकाशित मितिः ८ भाद्र २०८१, शनिबार १३:२८
भदौ लागेपछि अण्डाको माग बढेको छ। साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यता लगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन्। दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए। उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन्।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न न









