पेट्रोलमा ५ र डिजेल/मट्टितेलमा ४ रुपैयाँ बढ्यो
प्रकाशित मितिः १७ असार २०८२, मंगलवार ०६:४४
नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य बढेर आएपछि निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो।
निगम सञ्चालक समितिको निर्णयअनुसार, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि भएको छ।
यद्यपि, खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।









