☰ open Loading... 29 November 2024|  

शिक्षा

जुम्लामा एक वर्षमा २९ शिशुको मृत्यु

जुम्लामा एक वर्षमा २९ शिशुको मृत्यु

    प्रकाशित मितिः २२ मंसिर २०८०, शुक्रबार १०:३९
जुम्ला — गत जेठमा जुम्लाको सिञ्जा गाउँपालिका–६ की १७ वर्षीया संगीता रोकायाले गर्भावस्थाको सात महिनामै नजिकैको शनिगाउँ बर्थिङ सेन्टरमा शिशुलाई जन्म दिइन् । बच्चाले तत्काल दूध चुस्न नसकेपछि स्वास्थ्यकर्मीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला रेफर गरिदिए । महिना नपुग्दै बच्चा जन्मिएकाले सघन उपचार कक्ष (एनआईसीयू) मा राखेर उपचार गर्नुपर्ने थियो । जुम्लामा एक वर्षमा २९ शिशुको
शिक्षक विदेशिएपछि अध्यक्ष आफैं पढाउँदै

शिक्षक विदेशिएपछि अध्यक्ष आफैं पढाउँदै

    प्रकाशित मितिः ११ मंसिर २०८०, सोमबार ११:४३
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैं विद्यार्थीलाई अध्यापन गराउन थालेका छन् । विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैं अध्यापन गर्न थालेको अ
भूकम्पपछिको विद्यालय :त्रिपालमुनि पढाइ

भूकम्पपछिको विद्यालय :त्रिपालमुनि पढाइ

    प्रकाशित मितिः ४ मंसिर २०८०, सोमबार २२:०९
हल्चौरको पञ्चभयार मावि भूकम्पपछि पहिलो दिन खुल्दा ६ वटा कक्षाका विद्यार्थीले खुला चौरमै बसेर पढे । विद्यालयका साना ठूला गरी ५ वटा भवन थिए, २ वटा पूर्ण रुपमा क्षति भएको छ भने बाँकी ३ वटा भवनमा पनि क्षति पुगेको छ । तुलनात्मक रुपमा कम क्षति भएको भवनको ४ वटा कक्षाकोठामा कक्षा १, २, ५ र ६ को पढाइ सञ्चालन भयो । ‘अरु कक्षाका विद्यार्थीलाई प्रांगणमै राखेर पढाइयो’ विद्यालयका निमित्त प्रधानाध्यापक वीरबहा
जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

    प्रकाशित मितिः ४ मंसिर २०८०, सोमबार ०९:५५
कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन्। भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो। रुकुम (पश्चिम)र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ।ती जिल्लाका केही स्थानीय तहका विद्यालयम
जाजरकाेट भूकम्प: ‘विद्यालय त खण्डहर छ, कहाँ बसेर पढ्नु?’

जाजरकाेट भूकम्प: ‘विद्यालय त खण्डहर छ, कहाँ बसेर पढ्नु?’

    प्रकाशित मितिः ३ मंसिर २०८०, आईतवार १२:३९
भूकम्पले विद्यालय भवन भत्केर ‘खण्डहर’ भएका छन्। केही बचेका भवन पनि चर्केर भित्र पस्न नसकिने अवस्थामा छन्। दसैं र तिहारको लामो बिदापछि विद्यालय खुल्ने दिन आइपुग्दा भेरी त्रिवेणी माध्यमिक विद्यालय रिम्नाघाटमा कक्षा १० मा पढ्ने पुष्पकमल रानामगर अन्योलमा परेका छन्। पूर्वनिर्धारित समयअनुसार दसैं-तिहारको बिदापछि विद्यालय मंसिर ४ देखि खुल्नुपर्छ। तर बिदाको बीचमै भूकम्प आएर विद्यालय भवनमा क्षति पुर्‍या
जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति

जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार ०६:५७
जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ। स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ। दसैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर
परिवारै गुमाएका ६ बालबालिका, कोही नभएपछि वडाध्यक्ष र आफन्तको संरक्षणमा

परिवारै गुमाएका ६ बालबालिका, कोही नभएपछि वडाध्यक्ष र आफन्तको संरक्षणमा

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार १५:०५
कार्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ६ जना बालबालिका अभिभावकविहीन भएका छन्। जाजरकोट कुशे गाउँपालिकाका ४ जना र नलगाड नगरपालिकाको २ जना बालबालिका अभिभावक विहीन भएको राष्ट्रिय बाल अधिकार परिषद् कर्णाली प्रदेशका संयोजक डम्बरबहादुर रोकायाले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म जम्मा ६ जना बालबालिका अभिभावकविहीन भएको भन्ने जानकारीमा आएको छ। उनीहरुलाई अहिले आफन्तकोमा राखिरहेका
महिला र बालबालिकालाई जोगिनै गाह्रो

महिला र बालबालिकालाई जोगिनै गाह्रो

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार १०:२३
भूकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट महिला, बालबालिका, अशक्त र वृद्धवृद्धा बढी प्रभावित हुन्छन्। विपद् व्यवस्थापन विज्ञहरूले सधैं यही कुरालाई ध्यानमा राखेर विपद् सचेतना र पूर्वतयारीमा वकालत गरिरहेका हुन्छन्। विपद् सुरक्षाबारे पूर्वतयारी योजना बन्दा पनि सधैं यही विषयमा छलफल हुँदै आएको छ। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा
एसईईको आवेदन फाराम खुल्यो

एसईईको आवेदन फाराम खुल्यो

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार ०८:०१
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को आवेदन फारम खुलाएको छ ।बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने/भराउनेबारे आज (शुक्रबार) सूचना निकालेको हो । कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत व

अध्ययनले भन्छ : चिया, कफीले शरीर बलियो हुने !

    प्रकाशित मितिः १६ कार्तिक २०८०, बिहीबार २२:१५
चिसो सुरु हुँदै छ, चिया वा कफीको मात्रा धेरै जनाले बढाउन थालिसक्नु भयो होला । तपाई दिनमा कति कप चिया वा कफी पिउनु हुन्छ ? हालै भएको एउटा अनुसन्धानले भने दिनहुँ एक कप चिया वा कफीको सेवनले बुढ्यौलीमा शरीरलाई बलियो राख्न सक्ने देखाएको छ । मीड लाइफ अर्थात् ४० देखि ६० वर्षबिचको उमेरमा कसैले चिया वा कफी दिनहुँ खान्छ भने जीवनको अन्तिम वर्षहरूमा शरीर कमजोर हुने सम्भावना कम हुन्छ । यसको मुख्य कारण चाहि