दशै अघि कक्षा१२काे परीक्षा नहुने
प्रकाशित मितिः १६ भाद्र २०७७, मंगलवार १३:१४
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले कोरोना संक्रमणदर दिनहुँ बढिरहेकाले कक्षा १२काे परीक्षा दशैँअघि नहुने बताएका छन्।दिनप्रतिदिन काेराेना संक्रमितको संख्या बढ्दै जाँदा , दशैँअघि परीक्षा गराउने सम्भावना नरहेको पौडेलले बताए।‘हामीले साउनमै दशैँअघि परीक्षा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेक









