
सहमतिपछि खुल्यो विश्वविद्यालयको ताला
प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १४:३४
कञ्चनपुर । सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् । आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच सोमबार भएको वार्तामा तालाबन्दी खोल्ने सहमति अनुरुप विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला आज खोलिएको हो ।
राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्ने, प्रयोगशालाका सामग्री यथाशीध्र व्यवस्थापनका लागि निर्देशकलाई जिम्मेवारी