☰ open Loading... 15 November 2024|  

बाढीपहिरो

नेपालगन्जमा युवकको हत्या

    प्रकाशित मितिः १८ चैत्र २०८०, आईतवार १८:१७
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा एक युवकको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ निवासी अन्दाजी २० वर्षका अरबी खाँको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता नारायण डाँगीले जानकारी दिए। युवकको हत्या गरिएको अवस्थामा आइतबार बिहान १० बजेतिर शव फेला परेको उनले बताए। घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँक
कास्की जीप दुर्घटना: दुई जनाको मृत्यु, १० घाइते

कास्की जीप दुर्घटना: दुई जनाको मृत्यु, १० घाइते

    प्रकाशित मितिः १८ चैत्र २०८०, आईतवार १८:१५
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ मा आज भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ। पोखराबाट कास्कीको सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको भदौरे देउराली नजिकैको थामडाँडामा आज दिउँसो ३ः५० बजेको समयमा दुर्घटना भएको हो। दुर्घटनामा अन्य १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घाइतेहरूको उद्धार गरि उपचारका लागि पोखरा ल्याइएको छ। दुर्घ
दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते

दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते

    प्रकाशित मितिः १८ चैत्र २०८०, आईतवार ११:२३
दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। महाबु गाउँपालिका वडा २ मा शनिवार बिहान साडे ९ बजेतिर कर्णाली प्रदेश बा १ झ ००३२ नम्बर को जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्। घाइते हुनेहरुको पहिचान नखुलेको र प्रहरी टोली घटना स्थलतर्फ गएको दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीले बताए। घाइतेहरुलाई दैलेख अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मगराठीले जानकारी दिए।

हावाहुरीले भाँचेको रुखले किच्दा स्कुटरमा सवार युवकको मृत्यु

    प्रकाशित मितिः १७ चैत्र २०८०, शनिबार २२:१४
पाल्पामा हावाहुरीले भाँचेको रुखले किच्दा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तगर्त जरे पिपलमा भन्ने ठाउँमा सल्लाको रुख पल्टेर लाग्दा लु ८१प ११३६ नम्बरको स्कुटरमा सवार पाल्पा कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको हो। जिल्ला प्रहरी कायलय पाल्पा डीएसपी सुगन्ध श्रेष्ठकाअनुसार स्कुटर चालक सोही स्थानका प्रमथ शाही घाइते भएका छन् । उनको प्रवा
दाहसंस्कार सकेर फर्किँदै थिए, त्रिशूलीमा ज्यान गुमाए

दाहसंस्कार सकेर फर्किँदै थिए, त्रिशूलीमा ज्यान गुमाए

    प्रकाशित मितिः १७ चैत्र २०८०, शनिबार २२:०९
गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो। उपचारका क्रममा राजधानी काठमाडौँमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुग्यो। अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी छोराक

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु

    प्रकाशित मितिः १७ चैत्र २०८०, शनिबार २२:०७
सहिद लखन गाउँपालिका-३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नवलपरासीपूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग १ च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी स्कारपियोमा सवार नवलपरासीपूर्व विनय त्रिवेणी गाउँपालिका-

सिमलधारा ट्याक्सी दुर्घटनाका पाँच जनाको पहिचान खुल्याे

    प्रकाशित मितिः १७ चैत्र २०८०, शनिबार १५:०४
चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित सिमलधारानजिकबाट त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचैजनाको नाम पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार मृतकहरुमा जिल्ला गोर्खा जिल्लाको गोर्खा नरपालिका वडा ७ बस्ने ट्याक्सी चालक अर्जुन शिर्मल, सोही ठाउँका ट्याक्सीमा सवार हरिमाया रोकाय, जुनकिरी रोकाय, अञ्जना रोकाय र बालक आगमन नगरकोटी रहे

मोटरसाइकल दुर्घटनामा परी शिक्षकको मृत्यु

    प्रकाशित मितिः १६ चैत्र २०८०, शुक्रबार २२:२३
ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ। दुर्घटनामा परेर चन्दनपुर बस्ने ५२ वर्षीय रमेश बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदी जानकारी दिए। बिहीबार राती बतासेडाँडाबाट चन्दपुर जाँदै गरेको बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। बजगाईं बाग भैरव माविका शिक्षक हुन् । म
हाइस दुर्घटना, ८ जना घाइते

हाइस दुर्घटना, ८ जना घाइते

    प्रकाशित मितिः १५ चैत्र २०८०, बिहीबार ०७:४७
चितवनमा यात्रु बोकेको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका १ रामनगर स्थित मुग्लिङ-नारायणगढ राजमार्गमा राखेको चेकिङ पोस्टमा रोकिराखेको बसमा हाइस अनियन्त्रित भई ठोकिँदा ८ जना घाइते भएका हुन्। झापाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको यात्रु बसको सोही तर्फ जाँदै गरेको ग २ ख २२५ नम्बरको हायस अनियन्त्रित भई ठोक्किएको थियो। घाइते मध्ये ४ जनाको अ
मुगुमा जिप दुर्घटना: दुई जनाको मृत्यु, चार घाइते

मुगुमा जिप दुर्घटना: दुई जनाको मृत्यु, चार घाइते

    प्रकाशित मितिः १४ चैत्र २०८०, बुधबार १९:२८
गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जिप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको सो जिप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ। दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म