☰ open Loading... 15 November 2024|  

बाढीपहिरो

आज छठ पर्व

आज छठ पर्व

    प्रकाशित मितिः ३ मंसिर २०८०, आईतवार ०६:४४
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थ
तनहुँकी बिनु ‘मिस मगर नेपाल’

तनहुँकी बिनु ‘मिस मगर नेपाल’

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार २२:०७
मिस मगर नेपालको ताज तनहुँकी बिनु रानाले लगाउन सफल भइन्। उनले फाइनलमा १० प्रतिस्पर्धीलाई पन्छाउँदै मिस मगरको उपाधि जितेकी हुन्। उनले उपाधिसहित ७० हजार नगद पुरस्कारका साथै ‘मोस्ट डेडिकेटेड’ पुरस्कार समेत प्राप्त गरिन्। ‘मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान’द्वारा आयोजित मिस मगर नेपालको प्रतिस्पर्धामा म्याग्दीकी दिवा पाइजामगर फस्ट रनर अप भइन्। उनले उक्त ताजसँगै ‘ख्यातिप्
जनकपुरधाममा दुलहीझैँ सजाइँदै छठ घाट

जनकपुरधाममा दुलहीझैँ सजाइँदै छठ घाट

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार ०७:०६
तराई मधेसमा छठ पर्वको तयारी लगभग पुरा भएको छ । सोही क्रममा जनकपुरधाममा पनि छठ घाट सजाउने तयारी लगभग पुरा भएको छ । पोखरी नै पोखरीको सहरको रूपमा चिनिने जनकपुरधामका नदी, तलाउ र पोखरीका जलाशयहरू सरसफाइ गरी दुलहीझैँ सजाउने काम हुँदै छ । छठ पूजाको लागि टेन्ट र पण्डालले पोखरीहरूलाई विशेष रूपले सजाइएको छ । छठ पर्वमा सबैभन्दा बढी आकर्षणको रूप देखिने जनकपुरको गंगासागर घाटको तयारी अन्तिम चरणमा पुगेको घाट
राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण

राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण

    प्रकाशित मितिः २९ कार्तिक २०८०, बुधबार १५:१६
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उनले बहिनीहरूबाट टीका ग्रहण गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो। यमपञ्चकको अन्तिम दिन आज दिदीबह
भाइटीकामा पाँच कि सात रङ्गको टीका लगाउने ?

भाइटीकामा पाँच कि सात रङ्गको टीका लगाउने ?

    प्रकाशित मितिः २९ कार्तिक २०८०, बुधबार ०७:५३
आज नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भाइटीका पर्व मनाइँदै छ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ। तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता अनुसार तिहारमा पाँचरङ्गको लग
भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी कुन दिशा फर्किने ?

भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी कुन दिशा फर्किने ?

    प्रकाशित मितिः २९ कार्तिक २०८०, बुधबार ०७:५०
आज नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भाइटीका पर्व मनाइँदै छ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने धर्मशास्त्रविद् एवं
भाइटीका,बिहान १०ः५१ बजे शुभ साइत

भाइटीका,बिहान १०ः५१ बजे शुभ साइत

    प्रकाशित मितिः २८ कार्तिक २०८०, मंगलवार २३:०३
भाइटीकाको टीका भोलि दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्।दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मश
आज नेपाल संवत्को नयाँ वर्ष र म्हः(आत्म) पूजा

आज नेपाल संवत्को नयाँ वर्ष र म्हः(आत्म) पूजा

    प्रकाशित मितिः २८ कार्तिक २०८०, मंगलवार ०९:०९
नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी

आज गोवर्द्धन पूजा

    प्रकाशित मितिः २८ कार्तिक २०८०, मंगलवार ०९:०५
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवा
आज लक्ष्मी पूजा : धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै

आज लक्ष्मी पूजा : धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै

    प्रकाशित मितिः २६ कार्तिक २०८०, आईतवार १३:२१
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढ