☰ open Loading... 19 September 2024|  

बाढीपहिरो

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

    प्रकाशित मितिः १४ भाद्र २०८१, शनिबार ११:४३
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान पहिरोमा परी १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ । दुर्घटना माथिल्लो दिर जिल्लामा भएको हो । यहाँ पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहेको सरकारी उद्धार सङ्गठनले एक विज्ञप्तिमा जनाएको छ । पहिरो जाँदा घरभित्र सुतिरहेका तीन महिला, छ बालबालिका र तीन पुरुषसहित मृत्यु हुनेमा एकै परिवारका सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ । सबै
कर्णाली राजमार्ग पहिरोले छियाछिया

कर्णाली राजमार्ग पहिरोले छियाछिया

    प्रकाशित मितिः १३ भाद्र २०८१, शुक्रबार १७:४३
बुधबारदेखिको अविरल वर्षाका कारण पहिरो आएर कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला)लाई छियाछिया पारेको छ । जसका कारण सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीदेखि सुर्खेततर्फ आउने दर्जनौँ सवारी साधन बिच बाटोमा अलपत्र परेका छन् । राजमार्ग अन्तर्गत कालिकोट जिल्लामा मात्रै पाँच वटा ठाउँमा पहिरोले क्षति पु‍र्याएको छ भने दैलेख खण्डको पनि चार वटा ठाउँमा पहिरो खसेको छ । प्रहरीका अनुसार कालिकोटको शुभकालि
कर्णाली राजमार्ग बन्द

कर्णाली राजमार्ग बन्द

    प्रकाशित मितिः १२ भाद्र २०८१, बिहीबार ११:१४
कर्णाली राजमार्ग पहिरोका कारण अबरुद्ध भएको छ । दैलेख खण्डको आठबिस नगर पालिकामा ठुलो पहिरो जादा राजमार्ग अबरुद्ध भएको हो ।
दोरम्बा पहिरोः मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

दोरम्बा पहिरोः मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    प्रकाशित मितिः ११ भाद्र २०८१, बुधबार १२:३३
दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ। यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताए। उनले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औ
रामेछाप पहिरो : ६ जनाको शव फेला, ४ बेपत्ता

रामेछाप पहिरो : ६ जनाको शव फेला, ४ बेपत्ता

    प्रकाशित मितिः ८ भाद्र २०८१, आईतवार ११:५४
रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुष रहेका छन्। थापामगर शिक्षिका हुन्। यस्तै ५७ बर्षीय उर्मिला पहरी, ३० बर्षीय सन्दीप पहरी, १४ बर्षीय विज्ञान पहरी र बर्षीय ११ सन्तोष पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी कौशल न्यौपानेल
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः ४ भाद्र २०८१, बुधबार ०९:३३
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो जाँदा आज बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए। सो ठाउँमा आएको बाढी पहिरोले बन्द भएका सडक खुलाउने काम भइरहेको छ। छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्
लगातारको वर्षाले कैलालीका अधिकांश बस्ती डुबानमा

लगातारको वर्षाले कैलालीका अधिकांश बस्ती डुबानमा

    प्रकाशित मितिः ४ भाद्र २०८१, बुधबार ०९:३१
कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन्। मंगलवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि अधिकांश बस्ती डुबानमा परेका हुन्। कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहोराले प्रायः जसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको बताए। उनका अनुसार जिल्लाका अधिकांश बस्ती जलमग्न र ड
पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु

पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु

    प्रकाशित मितिः २ भाद्र २०८१, सोमबार ११:०१
जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन्। उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए। इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृ
सोलुखुम्बुको थामे गाउँमा लेदोसहितको बाढी

सोलुखुम्बुको थामे गाउँमा लेदोसहितको बाढी

    प्रकाशित मितिः ३१ श्रावण २०८१, शुक्रबार १९:३८
सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको छ। शुक्रबार दिउँसो खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको हो। थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएपछि दूधकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध

भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध

    प्रकाशित मितिः ३१ श्रावण २०८१, शुक्रबार ११:००
भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षाका कारण बहाव बढ्दा राप