☰ open Loading... 19 September 2024|  

बाढीपहिरो

हुम्लामा पहिरो आउँदा चार जना घाइते

हुम्लामा पहिरो आउँदा चार जना घाइते

    प्रकाशित मितिः १९ श्रावण २०८१, आईतवार ०८:०१
हुम्लाको अदानचुली गाउँ पालिकाको थपाली मा सुख्खा पहिरो जाँदा सडकमा काम गर्ने चार जना घाइते भएका छन् । घाइते हुनेमा गाउँपालिकाको २ नम्बर वडाका तुलराज महतारा, युवराज बुढा, घमण्डी थापा र धन शोभा बुढा रहेका छन् । उनीहरूको बाजुराको कोल्टीमा उपचार भइरहेको छ ।
रोल्पामा पहिरोले घर पुरियो, हजुरआमाकाे मृत्यु, नातिनी बेपत्ता

रोल्पामा पहिरोले घर पुरियो, हजुरआमाकाे मृत्यु, नातिनी बेपत्ता

    प्रकाशित मितिः १८ श्रावण २०८१, शनिबार ०८:३६
रोल्पामा पहिरोले घर पुरिएको छ। शुक्रबार राति सुनछहरी गाउँपालिका- ४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशरबहादुर थापाका अनुसार राति ९ बजेतिर माथिबाट पहिरो आएर घर पुरिएको हो। घरमा आमा र नातिनी रहेको बताइएको छ। पहिरोले घरसँगै हजुरआमा र उनका ४ वर्षीया नातिनीलाई पुरेको बताइएकाे छ। ६५ व
डेढ महिनाको अवधिमा २ करोड बढीको क्षति, नौ जनाको मृत्यु

डेढ महिनाको अवधिमा २ करोड बढीको क्षति, नौ जनाको मृत्यु

    प्रकाशित मितिः १६ श्रावण २०८१, बिहीबार १७:३२
कर्णाली प्रदेशमा गत जेठ २८ यता मनसुनजन्य विपद्का कारण दुई करोडभन्दा बढीको क्षति भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा प्रदेशका १० जिल्लामा गरी दुई करोड २८ लाख ५५ हजार नौ सय ३७ बाराबरको क्षति भएको हो । सबैभन्दा धेरै दैलेखमा रु ७० लाखको क्षति भएको तथ्याङ्क छ । यहाँ २३ वटा विपद्जन्य घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतमा १९ वटा विपद्का घटना
बाङ खोलाको बाढीले तीन पुल बगायो

बाङ खोलाको बाढीले तीन पुल बगायो

    प्रकाशित मितिः १५ श्रावण २०८१, बुधबार १३:२४
म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन पुल बगाएको छ। वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए। अत्यधिक वर्षापछि खोला थुनिएको थियो। झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ। बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ। यस्
बाढीले बगाउँदा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुर बेपत्ता

बाढीले बगाउँदा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुर बेपत्ता

    प्रकाशित मितिः १५ श्रावण २०८१, बुधबार ११:३९
अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका छन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही
काठमाडौँमा बाढीः ३६ जनाको उद्धार

काठमाडौँमा बाढीः ३६ जनाको उद्धार

    प्रकाशित मितिः १५ श्रावण २०८१, बुधबार ११:१६
भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ। काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो। काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। काठमाडौँको फुटुङको ना
लेदोसहितको भेलले बस्ती बगाउँदा गोरखामा हराएका पाँचजना अझै भेटिएनन्

लेदोसहितको भेलले बस्ती बगाउँदा गोरखामा हराएका पाँचजना अझै भेटिएनन्

    प्रकाशित मितिः १२ श्रावण २०८१, आईतवार १८:३२
हिरोले खोल्सी थुन्दा पोखरी बनेको र त्यही पोखरी फुटेर बग्ने क्रममा छहराबाट खसेको लेदोसहितको भेलले बगाउँदा गोरखामा एकैपरिवारका तीनजना सहित पाँचजना बेपत्ता भएका छन्। भेलमा परेर अरु दुइजना घाइते भएका छन्। गोरखाका प्रहरी प्रवक्ता डिएसपी रमेश श्रेष्ठका अनुसार उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा आइतबार बिहान करिब तीनबजेतिरको उक्त भेलले घर बगाउँदा एकै परिवारका तीनजनासहित पाँचजना बेपत्ता भएका
धार्चेमा पहिरो जाँदा ५ जना बेपत्ता, २ घाइते

धार्चेमा पहिरो जाँदा ५ जना बेपत्ता, २ घाइते

    प्रकाशित मितिः १२ श्रावण २०८१, आईतवार ०८:५३
गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ रिसामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्। अन्य २ जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आज बिहान करिब तीन बजेतिर पहिरो जादा एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएको बताए। उनले घटनबारे खबर प्राप्त हुनासा बेपत्ताहरूको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन
कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

    प्रकाशित मितिः १२ श्रावण २०८१, आईतवार ०८:४६
कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ। कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो। जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला, मुगु र हुम्ला प्रवेशको मुख्य स्थल हो। पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए। सडक खुलाउन भरमग्दुर भइरहेको उनको भनाइ छ।
रामेछापमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु

रामेछापमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु

    प्रकाशित मितिः १० श्रावण २०८१, शुक्रबार ०६:५५
रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर बगाउँदा ३ जना किशोरीहरूको मृत्यु भएको छ। बिहीवार राति करिब ८ः३० बजेको समयमा विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी १८ वर्षीया छोरी सीता तामाङ, छिमेकी पेमा तामाङकी १५ वर्षीया छोरी आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी १३ वर्षीया छोरी लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरिक्षक प्रदिप कुमार सिंहले बताए। दि