☰ open Loading... 19 September 2024|  

बाढीपहिरो

विपद्‍मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते

विपद्‍मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते

    प्रकाशित मितिः ९ श्रावण २०८१, बिहीबार १९:५०
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३४ जनाको म
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

    प्रकाशित मितिः ९ श्रावण २०८१, बिहीबार ११:१७
मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौँ जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या
कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध

कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध

    प्रकाशित मितिः ८ श्रावण २०८१, बुधबार ०६:४४
कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो तथा खोलामा पानी बढेका कारण यातायात सेवा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ । भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोलामा पानी बढेका कारण यातायात सेवा ठप्प भएको छ । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधन मात्र सञ्चालनमा छन् । त्रिपुरासुन्दरी–९ चुँगाड
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    प्रकाशित मितिः ७ श्रावण २०८१, मंगलवार ११:२८
अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए। अहिले वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको उनले बताए। सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ। जैमिनीका किस
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

    प्रकाशित मितिः ५ श्रावण २०८१, आईतवार १८:५८
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा ल्याइएको छ । आइतबार बिहानदेखि अवरुद्ध बनेको कालीकोट–जुम्ला खण्डको टाकुल्लामा गएको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो । स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालय जुम्लाको समन्वयमा पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले
विपद्‍मा परी हालसम्म १२८ जनाको मृत्यु, १४३ जना घाइते

विपद्‍मा परी हालसम्म १२८ जनाको मृत्यु, १४३ जना घाइते

    प्रकाशित मितिः ५ श्रावण २०८१, आईतवार ०७:४६
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय २८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय २८ जनाको मृत
बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित

बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित

    प्रकाशित मितिः ४ श्रावण २०८१, शनिबार १४:०३
रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर परिवार विस्थापित भएका छन्। आठबिसकोट नगरपालिकामा ४५ र बाँफिकोट गाउँपालिकामा तीन घरपरिवार विस्तापित भएको जनाइएको छ। जिल्लामा बाढी र पहिरोका कारण एक हजार छ सय ६१ घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ। बाढी र पहिरोको उच्च जोखिममा आठबिसकोट नगरपालिकाकै घर धेरै रहेको समितिको भनाइ छ। आठबिसकोटमा नगरपालिकामा एक हजार पाँच सय ५७
डुबेर र माटोको ढिस्कोले पुरिएर पाँचजनाको ज्यान गयो

डुबेर र माटोको ढिस्कोले पुरिएर पाँचजनाको ज्यान गयो

    प्रकाशित मितिः ४ श्रावण २०८१, शनिबार १४:०१
पौडी खेल्ने क्रममा र माटोको ढिस्कोले पुरिएर कास्की र मुस्ताङमा गरि पाँच जनाको ज्यान गएको छ। कास्कीका विभिन्न ठाउँमा डुबेर शुक्रबार तीनजनाको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार ज्यान गुमाउनेमा एकजना बालक र दुइजना युवक छन्। त्यस्तै मुस्ताङमा माटोको ढिस्कोले पुरिएर दुइजना कामदारको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–२६ गुदेतालमा लमजुङ मध्यनेपालको करापुटार घर भई पोखरा–२६ प्रगति
बर्खापछि भूकम्पपीडितको बिचल्ली

बर्खापछि भूकम्पपीडितको बिचल्ली

    प्रकाशित मितिः २ श्रावण २०८१, बिहीबार १२:२७
दैनिकजसो वर्षा हुन थालेपछि जाजरकोटको नलगाड नगरपालिका—४ का नन्दराम महरको ७ जनाको परिवार न राम्ररी सुत्न सकेका छ न अस्थायी टहरामा बस्न नै । ‘चर्किएको घरमा जाऊ भने भूकम्प आएर परिवारका सदस्यलाई एउटै चिहान बनाउने हो कि भन्ने चिन्ता, अस्थायी टहराले सामान्य पानी पनि छेक्दैन, एकैछिन पानी पर्‍यो कि खाद्यान्न र लत्ताकपडा भिजेर हैरान हुन्छ,’ उनले भने, ‘गाउॅ वरिपरिको भाग भूकम्पले चिरैचिरा पारेको छ, त्यसैले र
बाढीपहिरोका कारण मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

बाढीपहिरोका कारण मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

    प्रकाशित मितिः २ श्रावण २०८१, बिहीबार ०९:५६
बाढीपहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन्। बाढीपहिरोका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए। राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–