☰ open Loading... 13 November 2024|  

बाढीपहिरो

बाढीपहिरोका कारण मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

बाढीपहिरोका कारण मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

    प्रकाशित मितिः ३ श्रावण २०८१, बिहीबार ०९:५६
बाढीपहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन्। बाढीपहिरोका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए। राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–
अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते

अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते

    प्रकाशित मितिः २ श्रावण २०८१, बुधबार १२:५९
जाजरकोटका भूकम्प पीडितको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा, उनकी चार वर्षीय छोरी हस्तिका थापा र १७ वर्षीय छोरी निर्माया थापा रहेकी छिन्। मंगलबार राति स्थानीय दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामाथि पहिरो खसेको जाजरकोट प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको ज
खुल्यो कर्णाली राजमार्ग

खुल्यो कर्णाली राजमार्ग

    प्रकाशित मितिः २ श्रावण २०८१, बुधबार १२:५७
हिरोले सोमबार बिहानदेखि अवरुद्ध कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्ड खुलेको छ । राजमार्गको टाकुल्ला, बिहानी, बिर्तामोड, हुल्म, गगनेखोलाको पहिरो हटाएपछि राजमार्ग सुचारु भएको हो ।
रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ वेपत्ता

रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ वेपत्ता

    प्रकाशित मितिः १ श्रावण २०८१, मंगलवार ०८:५५
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् । गएराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्
कर्णाली करिडोर अवरुद्ध

कर्णाली करिडोर अवरुद्ध

    प्रकाशित मितिः २९ असार २०८१, शनिबार २१:४४
पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । “लाफा बजारनजिक लगातार पहिरो खसिरहेको छ”, उनले भनेज्ञ । कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रुपमा चल्न नसकेको उनले बताए । यसैगर
पहिरोमा एकै परिवारका ७ जना

पहिरोमा एकै परिवारका ७ जना

    प्रकाशित मितिः २९ असार २०८१, शनिबार ०६:५४
दिनभरि बिहेमा बाजा बजाएर बिहीबार राति घर फर्किएपछि ४६ वर्षीय कुलबहादुर परियार माइती आएका छोरीज्वाइँसँग गफिँदै थिए । पोखरा महानगरपालिका–१९ तल्लाकोट ठाँटीमा ढुंगा र माटोको कच्ची घर पछाडि सानो पहिरो थुप्रिएको थियो । पानीको मूल पलाएको थियो । त्यही पहिरो सफा गर्ने ज्वाइँससुराको योजना पूरा हुन पाएन । राति १० बजे आएको पहिरोले कुलबहादुरसहित एकै परिवारका ७ जनालाई पुर्‍यो । उनकी पत्नी ४३ वर्षीया मनकुमारी
नदी पस्ने डरले रातभरि जाग्राम

नदी पस्ने डरले रातभरि जाग्राम

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार २०:५१
कपिलवस्तुको बाणगंगा नदीको किनारमा रहेका ३ गाउँवासीहरू एक महिना देखि रातभरी जाग्राम बस्ने गरेका छन्। महराजगंज नगरपालिका– १० हदौना र यशोधरा गाउँपालिका– ८ खोरिया कपिलवस्तु नगरपालिका १० अकबरपुर, गाउँका मानिसहरू गाउँमा नदी बस्ने त्रासले रातभरी जाग्राम बस्ने गरेका हुन्। उनीहरु कति खेर गाउँमा भेल पस्ने हो भनेर खोलामा बाढी हुँदा रातभर जाग्राम बस्ने गरेका हुन। गाउँसँगै सटरे बाणगंगा नदी बग्न थाले पछि दक्
कर्णालीमा ३ सय १८ वटा गाउँबस्तीहरु असुरक्षित

कर्णालीमा ३ सय १८ वटा गाउँबस्तीहरु असुरक्षित

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार २०:४०
कर्णाली विकास आयोगले ०७४ मा साबिक कर्णालीका चार जिल्लामा गरेको अध्ययनले ३१८ वटा गाउँबस्तीहरु असुरक्षित रहेको देखाएको थियो । यी बस्तीहरू बढीजसो पहिरोका कारण असुरक्षित भएको बताइन्छ । अध्ययनले प्राकृतिक रूपमा भिरालो हुनु, बाढी पहिरो आउनु र नदी कटानले विपद् ल्याएको विषय मात्र हेरेको थियो । त्यसबेला कर्णालीका चार जिल्लाका जम्मा १०२५ गाउँमध्ये ७०४ गाउँ अर्थात् ६९ प्रतिशत गाउँ सामान्य रूपमा सुरक्षित द
पहिरोमा परेर एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ बेपत्ता

पहिरोमा परेर एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ बेपत्ता

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार ०६:५३
अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय
विपद्‌मा परी हालसम्म ८८ जनाको मृत्यु

विपद्‌मा परी हालसम्म ८८ जनाको मृत्यु

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार २१:१२
गत जेठ २८ गतेदेखि निरन्तर परेको वर्षाका कारण देशभर बाढी, पहिरो लगायतका विपद्‌मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ। बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा ४ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८८ जनाको मृत्यु भएको हो। त्यसैगरी, विभिन्न