☰ open Loading... 25 March 2025|  

स्थानीय सरकार

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने

    प्रकाशित मितिः १० चैत्र २०८१, सोमबार २०:५३
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने भएको छ । यसअनुसार ऐन बनाउने विषयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमिति सहमत भएको छ । गत फागुन ९ गते संघीय निजामती सेवा विधेयकमा सहमती जुटाउन नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूको नेतृत्वमा उपसमिति गठन भएको थियो । सरकारले संघीय सेवा अन्तर्गत नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत राख्न खोजेको थियो
७ स्थानीय तहमा मेगा किचेन कार्यक्रम

७ स्थानीय तहमा मेगा किचेन कार्यक्रम

    प्रकाशित मितिः ११ फाल्गुन २०८१, आईतवार १५:३७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मेगा किचेन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको  दरले बजेट तथा कार्यक्रम पठाइएको छ । मोरङको विराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, द
सर्केगाडमा माओवादी केन्द्रकी ४३ मत अन्तरले तिमिल्सिना विजयी

सर्केगाडमा माओवादी केन्द्रकी ४३ मत अन्तरले तिमिल्सिना विजयी

    प्रकाशित मितिः १८ मंसिर २०८१, मंगलवार ०८:३३
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार देवकी तिमल्सिना (समिक्षा)विजयी भएकी छन्। नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भएकी हुन्। सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो। तिमल्सिनाले एक हजार ६३७ मत ल्याएर विजयी भइन्। उनकी
कर्णालीमा कांग्रेसलाई क्षति, अरु दलको अबस्था कस्तो छ ? पढनुहोस ।

कर्णालीमा कांग्रेसलाई क्षति, अरु दलको अबस्था कस्तो छ ? पढनुहोस ।

    प्रकाशित मितिः १७ मंसिर २०८१, सोमबार २०:३४
कर्णालीका आठ स्थानमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले २०७९ सालमा जितेका प्रमुख पदहरु गुमाएको छ। अघिल्लो पटक जितेका कर्णालीको एक गाउँपालिका अध्यक्ष र नगरपालिका उपमेयर कांग्रेसले गुमाएको छ। कांग्रेसले जितेको दैलेखको महाबु गाउँपालिकाका अध्यक्षमा एमाले विजयी भएको छ भने जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद माओवादी केन्द्रले जितेको छ। निर्वाचन आयोगका अनुसार महाबु गाउँपालिका अध्यक्षमा एमालेका जं
रोल्पाको रुन्टीगढी-४ मा कांग्रेसका भूपमणि पुनमगर विजयी

रोल्पाको रुन्टीगढी-४ मा कांग्रेसका भूपमणि पुनमगर विजयी

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २१:३६
आइतबार भएको उपनिर्वाचनमा रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को वडाअध्यक्ष पदमा कांग्रेसका उम्मेदवार भूपमणि पुन मगर जितेका छन् । उनले ६४३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका बेगम पुनले ५३५ मत पाएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारबीच ८ मतको अन्तर थियो । सबै १९०० मतदाता रहेकोमा १२९७ मत खसेको थियो । तेसो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारले ७० मत पाएका थिए । ‍
रुकुम पश्चिममा कांग्रेस विजयी

रुकुम पश्चिममा कांग्रेस विजयी

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २१:३२
रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई ५३ मतको अन्तरलेपछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्री विजयी भएका छन् । खत्रीले ५९० मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतले ५३७ ल्याए ।

कुशे गाउँपालिका–७ मा वडाध्यक्षमा नेपाली कांग्रेसका सिंह निर्वाचित

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २१:२९
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् ।
जाजरकोटको कुशे ७ मा माओवादीलाई अग्रता

जाजरकोटको कुशे ७ मा माओवादीलाई अग्रता

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २०:५४
जाजरकोटको कुशे गाउँपालिका ७ मा माओवादी केन्द्रले अग्रता लिएको छ । आइतबार सम्पन्न मतदानको मतगणनाअनुसार कुशे ७ मा माओवादी केन्द्रले अग्रता लिएको हो । अहिले माओवादी केन्द्रका गोरख बहादुर नेपालीले २२२ मतका साथ अग्रता लिँदा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह २१६ मतका साथ दोस्रो स्थानमा छ । यस्तै एमालेका डम्बर बहादुर घर्ती १५० मतका साथ तेस्रो स्थानमा छ । राप्रपाका लालबहादुर खत्री भने ५ मतमा सीम
दैलेखको महाबुमा राति १० बजेपछि मात्रै मतगणना

दैलेखको महाबुमा राति १० बजेपछि मात्रै मतगणना

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २०:४५
दैलेखको महाबु गाउँपालिकामा ५५.४० मात्रै प्रतिशत मत खसेको छ । पालिकाको अध्यक्ष पदका लागि आइतबार भएको मतदान सम्पन्न भकएको छ । १२ हजार ६१४ मतदाता रहेको महाबु गाउँपालिकामा ६ हजार ९८९ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त मतदानमा ५५.४० प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । जसमा ३ हजार १० पुरुष, ३ हजार ९७९ महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीले जानकारी दिए । उन
जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको अग्रता

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको अग्रता

    प्रकाशित मितिः १६ मंसिर २०८१, आईतवार २०:४२
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । ४०३ मत गणना हुँदा कांग्रेसका खम्बबहादुर सिंहले १९२ मत पाएका छन् । कांग्रेसलाई नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले पछ्याइरहेका छन् । नेपालीले १८१ मत पाएका छन् । एमालेका डम्बरबहादुर घर्तीले ११६ मत पाएका छन् । राप्रपाका लालबहादुर खत्रीले ५ मत पाएका छन् । ९ मत बदर भएको छ ।