
मुगुमा उड्ने लागेको विमानले स्टेसन प्रमुखलाई ठक्कर दियाे
प्रकाशित मितिः १० जेष्ठ २०८१, बिहीबार १५:३८
मुगुको रारा विमानस्थलमा उड्ने लागेको विमानले ठक्कर दिँदा एक कर्मचारी गम्भीर घाइते भएका छन्।
बिहीबार नेपालगन्जका लागि उड्न लागेको सीता एयरको ट्विनअटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन्।
भाम विमानका चालकलाई विमान उडान गर्न संकेत गरिरहेका थिए। विमान बिस्तारै गुड्दै थियो। सोही बेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमानको अ