जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
प्रकाशित मितिः २४ चैत्र २०८०, शनिबार ०८:१०
लमजुङको मर्स्याङ्दी गाउँपालिका ६, डहरे र काफलडाँडाको बीच सडकमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार जिप चालक रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ४ का ३७ वर्षीय वीरसिंह दमाईको घटनास्थलमै मृत्यु भएको हो ।
डहरेस्थित निर्माणाधीन सुपर न्यादी जलविद्युत् आयोजनाको कामदार पुर्याएर फर्किने क्रममा शुक्रबार बिहान बा१७च १४६५ नम्बरको बोलेर जिप सडकबाट करिब ४ सय मिटर खसेको थियो ।